बुधबार, २ जेठ २०८१

नयाँ बानेश्वरमा एक अर्ब लागतमा ‘अन्डर पास’ बन्ने, यी ६ वटा परामर्शदाता कम्पनी अन्तिम सूचीमा

समयपोष्ट २०७८ चैत १६ गते १२:०४

Advertisement

काठमाडौँको नयाँ बानेश्वरमा ‘अन्डर पास’ निर्माण गर्न सडक विभागले परामर्शदाता छनोटको प्रक्रिया अगाडि बढाएको छ ।

विभागको गुणस्तर, अनुगमन तथा विकास केन्द्रले बुधबार सूचना जारी गर्दै ६ वटा परामर्शदाता कम्पनी सर्टलिस्टमा परेको जनाएको छ ।

विभागले यो योजनाका लागि गत पुस ५ गते नै आशयपत्र आह्वान गरेको थियो। सोहीअनुसार परामर्शदाताका लागि परेका आवेदनमध्येबाट ६ कम्पनीहरुलाई अन्तिम सूचीमा राखिएको छ।

सर्टलिस्टमा परेका कम्पनीहरुमा जीओकम-होमल्याण्ड-कार्ड जेभी, ग्लोबल-एभरेष्ट-पीनेट जेभी, जीइसी-श्रेष्ठ-टेक्नोकार्ट जेभी, सीयास-एनसी-सोयलटेष्ट जेभी, साखुवा-आरआईडीसी-ग्रीड जेभी र सील्ट-मुनलाइट-क्वीस्ट जेभी छन्।

Advertisement

छनोटमा पर्ने कम्पनीले बानेश्वरमा निर्माण हुने अन्डरपासको डिजाइन, ड्रइङसँगै आवश्यक सबै रिपोर्ट तयार पार्नु पर्नेछ। यस्तै छनोट भएको कम्पनीले ६ महिनामा अन्डरपासको डिजाइन तयार पार्ने सडक विभागले जनाएको छ। डिजाइन तयार भएपछि निर्माणको प्रक्रिया अघि बढाउने विभागको तयारी छ।

निर्माण थालेको तीन वर्षमा सञ्चालनमा ल्याउने गरी योजना तयार परिएको छ। यो अन्डरपास बनाउन एक अर्ब रुपैयाँ लाग्ने अनुमान छ।

काठमाडौंको जाम हटाउन सडक विस्तारसँगै अन्डरपासहरुको निर्माण गर्नुपर्ने भन्दै विभागका प्राविधिकहरुले आवश्यक ठाउँहरु अध्ययन गरिरहेका छन्। बानेश्वरमा मध्य-लेनहरुबाट माइतीघर-तीनकुने खण्डमा आउजाउ गर्ने सवारीलाई अन्डरपास प्रयोगको सुविधा दिने गरी निर्माण गर्ने योजना हो। यसको लम्बाई १.४७ किलोमिटर रहने छ। उक्त अण्डरपास तीनकुने पट्टिको वाग्मति पुलदेखि माइतीभरपट्टिको धोवीखोला पुलसम्म निर्माण हुने विभागले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री