आइतबार, ६ जेठ २०८१

बुद्धनगर एग्रो फार्मले आइपिओ जारी गर्ने, एनआइसी एसिया क्यापिटल बिक्री प्रबन्धक नियुक्त

समयपोष्ट २०७८ चैत १४ गते १८:४१

Advertisement

बुटवलको बुद्धनगर एग्रो फार्म लिमिटेडले आइपिओ निश्कासन गर्ने भएको छ ।

कम्पनीले एक सय रुपैयाँ अंकित दरका पाँच लाख कित्ता साधारण सेयर जारी गर्ने भएको हो ।

आइपिओ निश्कासनको लागि एग्रो फार्मले एनआइसी एसिया क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ।

यससम्बन्धी सम्झौता पत्रमा बुद्धनगर एग्रो फार्म र एनआइसी एसियाबीच हस्ताक्षर भएको छ।

Advertisement

एनआइसी एसिया क्यापिटलले ‘आइडिया टू आइपीओ’ सेवाअन्तर्गत कुनै पनि क्षेत्रका कम्पनीहरुलाई स्थापनकालदेखि आइपीओ जारी गर्ने चरणसम्म पुर्‍याउन आवश्यक परामर्श सेवा उपलब्ध गराउँदै आएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री