आइतबार, ६ जेठ २०८१

यी दुई कम्पनीले आईपीओ निष्काशन गर्न पाए अनुमति

समयपोष्ट २०७८ चैत ११ गते ९:३०

Advertisement

सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था र रिभर फल्स पावर लिमिटेडलाई नेपाल धितोपत्र बोर्डले आईपीओ निष्काशन गर्न अनुमति दिएको छ ।

लघुवित्तले ३ करोड ९५ लाख ३३ हजार ६०० रुपैयाँ बराबरको ३ लाख ९५ हजार ३३६ कित्ता शेयर निष्काशन गर्न बोर्डबाट अनुमति पाएको हो ।

हाल लघुवित्तको चुक्ता पूँजी ८ करोड ८१ लख ८ हजार २०० रुपैयाँ रहेको छ । लघुवित्तले जारी पूँजीको ३२.५० प्रतिशत शेयर निष्काशन पश्चात चुक्ता पूँजी १२ करोड १६ लाख रुपैयाँ पुग्नेछ । लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोवल आइएमई क्यापिटल रहेको छ ।

यस्तै रिभर फल्स पावरले पनि ३४ करोड ३० लाख रुपैयाँ बराबरको ३४ लाख ३० हजार कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको छ । कम्पनीले आयोजना प्रभावित स्थानिय वासिन्दा र सर्वसाधारणको लागि सो बराबरको शेयर निष्काशन गर्नेछ ।

Advertisement

हाल कम्पनीको चुक्ता पूँजी ३५ करोड ७० लाख रुपैयँ रहेको छ । ३४ करोड ३० लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी ७० करोड रुपैयाँ पुग्नेछ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री