बिहीबार, १३ वैशाख २०८१

स्थानीय शिक्षा ऐन बनाउने तयारी गर्दैछुः मेयर महर्जन

समयपोष्ट २०७४ फागुन २५ गते १२:३४

ललितपुर महानगरपालिकाले स्थानीय शिक्षा ऐन बनाउन सुरु गरेको छ । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले केन्द्रीय शिक्षा ऐनको जगमा उभिएर स्थानीय शिक्षा ऐन बनाउन सुरु गरिएको जानकारी दिएका हुन् । उनले सो ऐनलाई छिट्टै मूर्तरुप दिने घोषणा पनि गरे ।

Advertisement

शुक्रबार ललितपुरमा आयोजित निजी तथा आवासीय विद्यालय अर्गानाईजेशन, नेपालको १२ औं राष्ट्रिय साधारणसभामा बोल्दै मेयर महर्जनले स्थानीय तहको शिक्षालाई सफल बनाउन साथ दिन पनि निजी क्षेत्रका शिक्षकहरुलाई आह्वान गरे ।

उनले स्थानीय तहको शिक्षालाई सफल बनाउन आफू होमवर्क गरिरहेको भन्दै त्यो ठिक भए/नभएको ‘करेक्सन’ गरिदिन पनि निजी विद्यालयका शिक्षकहरुसँग आग्रह गरे । १० उत्कृष्ट निजी विद्यालयहरुमध्ये ६ वटा ललितपुर जिल्लामै पर्दछ । मेयर महर्जनले ललितपुर महानगरपालिकाको शिक्षालाई अझै उन्नत बनाउन आफूले सक्दो पहल गरिरहेको दाबी समेत गरे ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री