आइतबार, ६ जेठ २०८१

नेप्सेद्धारा सूचीकृत कम्पनीहरूलाई पाँच समूहमा वर्गीकरण

समयपोष्ट २०७८ चैत ६ गते १६:४७

Advertisement

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सूचीकृत संगठित संस्थाको वर्गीकरण गरेको छ ।

नेप्सेले आज सूचना जारी गर्दै माघ ८ देखि फागुन २३ गतेसम्म नेप्सेमा सूचीकृत भएका कम्पनीहरूको वर्गीकरण गरेको जानकारी दिएको हो ।

नेप्सेको पछिल्लो वर्गीकरणअनुसार सूचीकृत कम्पनीहरू ‘ए’, ‘बी’, ‘जी’, जेड र अन्य समूहमा वर्गीकृत भएका छन् ।

धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम ११ बमोजिम नेप्सेमा सूचीकृत कम्पनीहरूबाट प्राप्त विवरणअनुसार वर्णानुक्रम संलग्न लिष्ट बमोजिम वर्गिकरण गरिएको नेप्सेको भनाइ छ । वर्गीकरणमा परेका संगठित संस्थाले उल्लेखित समूहमा पर्नु÷नपर्ने कारणसहित पैँतीस (३५) दिनको म्याद भित्र दाबीसहितको आवेदन गर्न समेत नेप्सेले जानकारी दिएको छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री