बुधबार, २ जेठ २०८१

टेलिकमले ल्यायो फागु अफर

समयपोष्ट २०७८ चैत २ गते १९:०६

Advertisement

नेपाल टेलिकमले फागु पर्व (होली) विशेष अफर ल्याएको छ।

पर्वको अवसरमा टेलिकमले अनलिमिटेड डाटासहितको फागु अफर उपलब्ध गराएको छ।

अफर चैत ३ गतेदेखि १७ गतेसम्म उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ। अफरअन्तर्गत ६९ मा एक एमबिपिएस अनलिमिटेड डाटा २४ घण्टाका लागि अपलध हुनेछ। त्यस्तै, ९८ रुपैयाँमा ६ जीबी डाटा ३ दिनका लागि र २९४ रुपैयाँमा २० जीबी डाटा १० दिनका लागि उपलब्ध हुनेछ।

अफर १४१५ डायल गरी वा ‘नेपाल टेलिकम एप’बाट लिन सकिने जनाइएको छ। नेपालीहरुको महत्त्वपूर्ण पर्वहरु फागु पूर्णिमा र चैते दशैंलाई समेत दृष्टिगत गरी ल्याइएको यस अफरको अवधि १५ दिनसम्म कायम रहनेछ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री