शुक्रबार, १६ चैत २०८०

सर्वोच्चले बाटो खोलिदिएपछि राष्ट्रियसभाका तीन सांसदले लिए सपथ

समयपोष्ट २०७४ फागुन २५ गते ६:३९

राष्ट्रियसभामा मनोनित तीन सांसदले पद तथा गोपनियताको सपथ लिएका छन् ।

Advertisement

केपी ओली नेतृत्वको सरकारले राष्ट्रियसभामा मनोनित गरेका सांसदहरु डा.युवराज खतिवडा, रामनारायण बिडारी र विमला पौडेलले शुक्रबार सपथ ग्रहण गरेका हुन् ।
सर्वोच्चले तीनजना सांसदको सपथ ग्रहण रोक्न दिएको अन्तरिम आदेशलाई बुधबार खारेज गरिदिएको थियो ।

तीनजना सांसदको सपथग्रहणको बाटो सर्वोच्च अदालतले खोलिदिएपछि उनीहरुलाई राष्ट्रियसभाका जेष्ठ सदस्य तारादेवी भट्टले सपथ गराएकी छिन् ।

यसअघि, सर्वोच्च अदालतका न्यायाधीश प्रकाश राउतको एकल इजलासले दिएको अन्तरिम आदेशका कारण तीनैजना सांसदले सपथ लिन पाएका थिएनन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री