
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव कुमार नेपाल र झलनाथ खनाललाई मिति नाघेको औषधिको संज्ञा दिएका छन् ।
मंगलबार अनेमसंघको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेता नेपाल र खनाललाई डेट याक्सपाएर भएको औषधि भन्दै पार्टीमा प्रवेश गर्न नदिने बताए ।
उनले कोही पनि नभएका, सबैले छोडेका मान्छे ल्याएर आसन ग्रहण गराएर केही नहुँने भन्दै आउटडेटेड औषधी खाएर स्वास्थ्य विगार्न नहुँने बताए ।
ओलीले नेपाल र खनालतलाई कुडा कर्कट भन्दै एमाले कुडाकर्कट जम्मा गर्ने डस्विन नभएको बताए । उनले नयाँ र फ्रेस मानिसहरु एमालेप्रति आकर्षित भइरहेका भन्दै तराईबाट बस चढेर काठमाडौंमा आउने क्रम बढिरहेको बताए ।









प्रतिक्रिया