मंगलबार, ८ जेठ २०८१

टीभीएस रेडर १२५ लाई ‘आइएमओटीवाइ’ उपाधि

समयपोष्ट २०७८ फागुन २९ गते १२:५७

Advertisement

टीभीएस रेडर १२५ ले इण्डियन मोटरसाइकल अफ दि इयर (आइएमओटीवाइ) उपाधि प्राप्त गरेको छ ।

मनोनयनमा परेका अन्य ५ कडा प्रतिस्पर्धी मोटरसाइकललाई पछि पार्दै टीभीएसले सो उपाधि हात पारेको हो । आफ्नो उत्पादन आकर्षक डिजाइन, अत्याधुनिक प्रविधि, इन्धन मितव्ययिता, उत्कृष्ट कार्य सम्पादन क्षमता र भारतीय महाद्विपीय सवारी अवस्थाहरूमा स्थिरताका लागि परिचित रहेको टीभीएसको दाबी छ ।

इण्डियन मोटरसाइकल अफ दि इयर (आइएमओटीवाइ) उपाधिमा प्रतिष्पर्धी छनोट तथा घोषणाका लागि १४ सदस्यीय निर्णायक मण्डलको गठन गरिएको थियो । निर्णायक मण्डलका सदस्यहरूमा अटो टूडेका एसोसिएट एडिटर राहुल घोष, अटो टूडेका सिनियर स्पेशल करेस्पोन्डेन्ट दिप्यन दत्ता, अटोएक्सका रोड टेष्ट एडिटर शिवांक भट्ट लगायत सम्मिलित रहेका थिए ।

सन् २००७मा भारतभरका वरिष्ठ तथा कहलिएका अटोमोबाइल पत्रकारहरूको भेला हुँदा आइएमओटीवाइको शुरुवात गर्ने निर्णय संगै यस अवार्डको थालनी गरिएको थियो । ​टीभीएस रेडरले यस वर्ष भारतीय बजारको दुई पाङ्‌ग्रे सवारी साधनको श्रेणीमै सर्वाधिक बिक्रीसहित अग्रता हासिल गरेको छ । ​मितव्ययी मूल्यमा अत्याधुनिक फिचर सुसज्जित टीभीएस रेडरले नेपालमा पनि उत्तिकै लोकप्रियता पाइरहेको छ । सन् २०२१ नोभेम्बरमा सार्वजनिक गरिएको यो बाइक युवाहरू माझ अत्यधिक लोकप्रिय छ र नेपालमा पनि उल्लेखनीय संख्यामा बिक्री भइरहेको जगदम्बा मोटर्सले दाबी गरेको छ ।

Advertisement

टीभीएस रेडर १२५ मा मस्कुलर लुक्सका साथमा एड्जस्टेवल मोनोशक सस्पेन्सन, यूएसबी चार्जिंग, अन्डर सिट स्टोरेज र फराकिलो टायर लगायत विशेषताहरू उपलब्ध छन् । साथै, यसमा रहेका आकर्षक नयाँ एलईडी हेडलाइट, एंगुलर एलईडी डीआरएलहरू तथा फेन्डर अप फ्रण्टले समग्र बाइकको लुक्सलाई थप आकर्षण प्रदान गरेको छ ।

१ सय २४ दशमलव ८ सीसी, सिंगल सिलिन्डर, एयर आयल कुल्ड एसआई कार्बुरेटर ईञ्जिनद्वारा शक्ति प्रदान गरिएको यो बाइकमा ७५०० आरपीएममा १२.९ पीएस शक्ति उत्पादन गर्ने र ६ हजार आरपीएममा ११.५ एनएम अधिकतम टर्क उत्पादन गर्ने क्षमता छ । बजारमा उपलब्ध अधिकांश १ सय ५० सीसीका मोटरसाइकलमा हाल सम्म पनि २ भल्भ इञ्जिनको प्रयोग भइ रहँदा यो बाइक भने ३ भल्भ इञ्जिनका साथमा बजारमा उपलब्ध गरिएको छ । यो मोटरसाइकलले शून्यदेखि ६० किलो मिटर प्रतिघण्टाको गति जम्मा ५.९ सेकेन्डमा प्राप्त गर्ने क्षमता बोकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री