
भारतीय विदेश सचिव हर्षवर्धन श्रृङ्गलाले रेलमार्गले नेपाल र भारतलाई अझै नजिक बनाउँने बताएका छन् ।
बुधबार आयोजित एक कार्यक्रममा विदेश सचिव श्रृङ्गलाले छिट्टै भारत दुई वटा रेलमार्गबाट जोडिने बताउँदै नेपालसंग अझ निकटको सम्बन्ध रहने बताएका हुन् ।
विदेश सचिव श्रृङ्गलाले रेलमार्गका कारण छिट्टै नेपाल र भारत दुई वटा रेल लिंक र बंगलादेश र भारत ६ वटा रेल लिंकबाट जोडिने जानकारी दिए ।
विदेश सचिव श्रृङ्गलाले छिमेक पहिलो नीतिलाई भारतले उच्च प्राथमिकता दिएको जनाए ।
यसैकारण नेपाल, अफगानिस्तान, बंगलादेश, भुटान, माल्दिभ्स, म्यानमार, पाकिस्तान र श्रीलंकालाई उच्च प्राथमिकतामा राखिएको उनले बताए ।
पाकिस्तान बाहेकका छिमेकी राष्ट्रसँग निकट रहेर भारतले काम गरिरहेको उनको भनाइ थियो । नेपाल लगायतका छिमेकी राष्ट्रसँग असाध्यै राम्रो राजनीतिक सम्बन्ध कायम राखेको उनले दाबी गरे ।










प्रतिक्रिया