आइतबार, ६ जेठ २०८१

नेष्डो लघुवित्तको आइपीओ बाँडफाँट

समयपोष्ट २०७८ फागुन २४ गते १५:०३

Advertisement

नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आइपीओ) ७७ हजार ५५६ जनाले पाएका छन् ।

कम्पनीको आइपीओमा आवेदन दिएकामध्ये उनीहरूले १० कित्ताका दरले आइपीओ पाएका हुन् । यस्तै, तीमध्ये ३ जना लगानीकर्ताले चिठ्ठामार्फत थप १ कित्ता अर्थात ११ कित्ताका दरले आइपीओ पाएको कम्पनीले जानकारी दिएको छ ।

उनीहरूले गोला प्रथामार्फत थप १ कित्ता सेयर पाएका हुन् । कम्पनीले आज (मंगलबार) आइपीओ बाँडफाँट गरेको हो ।

सेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार आइपीओमा २५ लाख २७ हजार १०१ आवेदन परेको थियो ।

Advertisement

जसमध्ये ४ हजार १४६ आवेदन रद्द भएको थियो । २५ लाख २२ हजार ९५५ आवेदन सदर भएको थियो । २४ लाख ४५ हजार ४९९ जना आवेदकको हात खाली भएको हो।

कम्पनीले फागुन ११ देखि १५ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँका दरले ८ लाख २८ हजार ७५० कित्ता आइपीओ बिक्री खुलाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री