शुक्रबार, २७ असार २०८२

शैक्षिक परामर्श दिने नाममा यस्ताे अवैध धन्दा चलाउँथे खड्का

समयपोष्ट २०७४ फागुन २१ गते ८:०२

महानगरीय अपराध महाशाखाको टोलीले अवैध रुपमा कामदारहरुलाई वैदेशिक रोजगारमा पठाउने पुतलिसडक स्थित ‘क्याची एजुकेशन एण्ड ट्रेनिङ कन्सल्टेन्सीका सञ्चालकलाई पक्राउ गरेको छ ।

Advertisement

गागलफेदी–८ स्थायी घर भएका कन्सलटेन्सीका संचालक पुरुषोत्तम खड्कालाई अपराध महाशाखाको टोलीले शनिवार पक्राउ गरेको हो ।

विभिन्न प्रलोभनमा पारी अवैध तरिकाले ७ देखि १२ लाखसम्म रकम लिएर वैदेशिक रोजगारीको लागि अजरवैजान, पोल्याण्ड, साउथ अफ्रिका, स्टोनिया, माल्टा लगायतका देशहरुमा पठाएर अलपत्र पार्ने गरेको सूचनाका आधारमा पक्राउ गरिएको महाशाखाले जनाएको छ ।

उनको साथबाट २५ वटा नेपाली राहदानी, एउटा टोसिबा कम्पनीको कालो रंगको ल्यापटप, नोटरी पब्लिक लगायत विभिन्न १८ सरकारी कार्यालयहरुको छापसँगै विभिन्न व्यक्तिका नाममा रहेका राहदानी तथा भिसाको प्रतिलिपी समेत बरामद गरिएको छ ।

शैक्षिक परामर्शको लागि खोलिएको संस्थाबाट बिना इजाजत वैदैशिक रोजगार व्यवसाय संचालन गरेर एजेन्टहरु मार्फत कागजात समेत आफै तयारी पारी विदेश पठाउने गरेको पाइएकोले खड्कालाई थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री