मंगलबार, ११ वैशाख २०८१

गृृहमन्त्री थापाले दिए आन्तरिक तथा बाह्य चुनौतीको सामनामा परिचालित हुन निर्देशन

समयपोष्ट २०७४ फागुन २० गते १३:५६

गृहमन्त्री रामबहादुर थापा बादलले आगामी दिनमा आउन सक्ने आन्तरिक तथा बाह्य चुनौतीका सामना गर्न तयार रहन सुरक्षाकर्मीहरुलाई निर्देशन दिएका छन् ।

Advertisement

गृहमन्त्री थापाले आइतबार सशस्त्र प्रहरी बल नेपाल कमाण्ड तथा स्टाफ कलेज सानोगौचरण काठमाडौंमा संचालित सि.सं. २ ‘एपीएफ कमाण्ड तथा स्टाफ कोर्ष’ को फागुन २० गते समापन गर्दै यस्तो निर्देशन दिएका हुन् ।

सो अवसरमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सुक्ष्म अध्ययन तथा लामो मेहनत पश्चात हासिल गरेका ज्ञान र अनुभवले गतिशिल विश्वमा देखा परेका विभिन्न आयाम एवम् भोलीका दिनमा आउनसक्ने आन्तरिक तथा बाह्य सुरक्षा चुनौतीको सामना गर्दै देश र जनताको सेवा र सुरक्षामा विशिष्ट योगदान पुर्याउन टेवा पुग्ने विश्वास व्यक्त गरे ।

उनले समाजमा शान्ति सुरक्षा बहाल गर्न सकेमा मात्र विकास र समुन्नति सम्भव हुने बताउँदै विकासको मेरुदण्डको रुपमा रहेको सुरक्षाको माध्यमबाट मुलुकमा शान्ति र स्थिरता कायम गरी सुरक्षित र समुन्नत समाज निर्माण गर्ने कार्यमा तालिममा आर्जन गरेको ज्ञान एवं क्षमतालाई कार्यक्षेत्रमा पूर्णरुपमा कार्यान्वयन गर्न निर्देशन पनि दिए ।

‘देशको सुरक्षा व्यवस्थालाई चुस्त एवम् दुरुस्त बनाउने कार्यमा खटिएका सुरक्षाकर्मीहरु आपसमा समन्वय गर्दै काँधमा काँध मिलाएर समाजमा शान्ति सुरक्षा अमन चयन कायम गर्ने कार्यमा अझै प्रभावकारी ढंगबाट परिचालित हुन म निर्देशन समेत दिन्छु’ मन्त्री थापले भने ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री