शनिबार, १५ वैशाख २०८१

सयपत्री हाइड्रोले ९ लाख कित्ता साधारण सेयर जारी गर्ने

समयपोष्ट २०७४ फागुन २० गते ५:४९

सयपत्री हाइड्रोपावरले साधारण सेयर निश्कासन गर्ने भएको छ । कम्पनीले ९ करोड बराबरको ९ लाख कित्ता साधारण सेयर निश्कासन गर्ने भएको हो ।

Advertisement

कम्पनीको पहिलो साधारणसभाले आइपिओ जारी गर्ने प्रस्ताव पारित गरेको थियो । कम्पनीले सुरुमा आयोजना प्रभावित क्षेत्रका बाग्लुङका बासिन्दाहरुका लागि १० प्रतिशतले हुन आउने ३ लाख कित्ता सेयर निष्कासन गर्नेछ ।त्यसपछि कम्पनीले २० प्रतिशतले हुन आउने ६ लाख कित्ता सेयर सर्वसधारणलाई निष्कासन गर्ने जनाएको छ ।

कम्पनीले सेयर निश्कासन तथा बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटललाई नियुक्त गरेको छ ।

शेयर निष्कासन सम्बन्धी सम्झौतामा सयपत्री हाइड्रोपावरका अध्यक्ष डा.बद्री के.सी र एनआइबिएल एस क्यासपिटलका महाप्रबन्धक मेख बहादुर थापाले हस्ताक्षर गरे ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री