शुक्रबार, ७ वैशाख २०८१

शिखर इन्स्योरेन्सको साधारणसभा सम्पन्न, बोनस सेयर पारित

समयपोष्ट २०७७ चैत ९ गते १८:४७

Advertisement

शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले बार्षिक साधारणसभा सम्पन्न गरेको छ ।

कम्पनीले सोमबार थापाथलीस्थित मुख्य कार्यालय भवन शिखर बिज सेन्टर परिसरमा १५ औं र १६ औं वार्षिक साधारणसभा सम्पन्न गरेको गरेको हो ।

संचालक समितिका अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठको सभापतित्वमा सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ को संचालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरेको छ ।

यस्तै, ती दुवै आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदनसहितको वित्तीय विवरणउपर छलफल गरी सोलाई समेत पारित गरेको छ ।
सभाले २०७७/७८ का लागि लेखापरिक्षकको नियुक्ति र पारिश्रमिक तोक्ने तथा आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षकको नियुक्ति पनि अनुमोदन गरेको छ ।

संचालक समितिबाट प्रस्ताव गरिएको २०७७ असार मसान्तसम्म कायम सेयर पूँजीमा ३६.१ प्रतिशत(आ.व. २०७७/७८ मा बाँडफाँट गरिएको हकप्रद सेयरपश्चात कायम हुने सेयर पूँजीमा २७.७६९प्रतिशत हुने)का दरले ३८१, ६८९, १२७(रु. अठ्तीस करोड सोह्र लाख उननब्बे हजार एकसय सत्ताइस मात्र)को बोनस सेयर पारित गरेको छ । यस्तै, सो बोनस सेयरको कर प्रयोजनार्थ २०७७ असार मसान्तसम्म कायम सेयर पूँजीमा १.९ प्रतिशत(आ.व. २०७७/७८ मा बाँडफाँट गरिएको हकप्रद सेयर पश्चात कायम हुने सेयर पूँजीमा १.४६२ प्रतिशत हुने)का दरले नगद लाभांश रु. २००८८९०१(रु. दुई करोड अठासी हजार नौसय एक मात्र) वितरणको प्रस्ताव समेत पारित गरेको छ ।

साधारणसभाबाट कम्पनीको अधिकृत पूँजी वृद्धि गरी रु.४,०००,०००,०००(रु चार अर्ब) पुर्याउने प्रस्ताव समेत पारित भएको छ । सोही बमोजिम कम्पनीको प्रबन्धपत्र र नियमावली पनि संसोधन गर्ने अजेण्डा पारित भएको छ ।

प्रस्तावित बोनस सेयर पश्चात कायम हुने कम्पनीको चुक्तापूँजीमा संस्थापक सेयरधनीको हिस्सा ६० प्रतिशतबाट ५१ प्रतिशत र सर्वसाधारण सेयरधनीको हिस्सा ४० प्रतिशतबाट ४९ प्रतिशत पुर्याई संस्थापक सेयर र सर्वसाधारण सेयरको अनुपात ५१ः४९ कायम गर्ने प्रस्ताव समेत पारित भएको छ ।

बोनस सेयरपश्चात कायम हुने कम्पनीको चुक्तापूँजीको ३० प्रतिशतको दरले हकप्रद सेयर जारीको प्रस्ताव समेत साधारणसभाबाट पारित भएको छ ।
यसैगरी, साधारणसभाबाट सर्वसाधारण सेयरधनी समूह ‘ख का सेयरधनीबाट निर्वाचित हुने २ संचालकका लागि निर्वाचन समेत भएको छ । दिनेशबज्र बज्राचार्य र स्कन्दकुमार अमात्य यो समूहबाट संचालकमा निर्वाचित हुनुभएको छ ।

साधारणसभामा संचालक समितिका अध्यक्षले नेपालमा अहिलेसम्म शिखर इन्स्योरेन्स सबै हिसाबले अगाडि रहेको उल्लेख गर्दै आगामी दिनमा पनि यसरी अगाडि बढ्ने र नम्बर वान कम्पनीको प्रतिष्ठा कायम गरेर अगाडि बढ्ने बताउनुभयो ।

यस्तै, कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिप प्रकाश पाण्डेले सेयरधनीले उठाएका जिज्ञासाहरुको जवाफ दिंदै कम्पनीलाई नयाँ उचाई दिने र अझ प्रतिफलमुखी बनाई अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । सो क्रममा उहाँले कृषि क्षेत्रलाई प्राथमिकता दिएर अगाडि बढ्ने, प्रादेशिक स्तरमा आफ्नै भवनहरु निर्माण गर्ने लगायतका प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री