बिहीबार, ६ वैशाख २०८१

मुस्कान खातुनलाई ‘इन्टरनेसनल वुमन अफ करेज’ अवार्ड

समयपोष्ट २०७७ फागुन २१ गते १०:००

Advertisement

एसिड आक्रमणमा परेकी मुस्कान खातुन अन्तर्राष्ट्रिय साहसी महिला (इन्टरनेसनल वुमन अफ करेज) अवार्डबाटबाट सम्मानित हुँने भएकी छिन् ।

महिलाहरुमाथि हुने एसिड आक्रमण अन्त्य गर्नका लागि खेलेको भूमिकालाई कदर गर्दै खातुनलाई उक्त अवार्डबाट सम्मानित गर्न लागिएको नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ ।

प्रेम प्रस्ताव अस्वीकार गरेको भन्दै एक किशोरले मुस्कानलाई वीरगन्जमा २०७६ सालमा एसिड आक्रमण गरेका थिए ।

अमेरिकी प्रथम महिला जिल बाइडन र विदेश मन्त्री टोनी ब्लिंकनले ८ मार्चमा एक भर्चुअल कार्यक्रमको आयोजना गरी पुरस्कार प्रदानको औपचारिक घोषणा गर्ने छन् ।

प्रायजसो ठूलो व्यक्तिगत जोखिम र त्यागमा शान्ति, न्याय, मानव अधिकार, लैंगिक समानता र महिला सशक्तीकरणको वकालत गर्ने तथा असाधारण साहस र नेतृत्व प्रदर्शन गरेका विश्वभरका महिलाहरुलाई अमेरिकाले आईडब्ल्यूओसी पुरस्कारले सम्मान गर्दछ । अघिल्ला वर्षमा पाकिस्तानकी किशोरी मलाला युसुफजईलाई पनि यही पुरस्कारबाट सम्मान गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री