शनिबार, ८ वैशाख २०८१

चैत मसान्तसम्म कर्जाको सावा र ब्याज असुली नगर्न निर्देशन

समयपोष्ट २०७६ चैत १२ गते २१:२६

Advertisement

सरकारले बैङ्क तथा वित्तीय संस्थाहरुलाई कर्जाको सावा ब्याज असुली गर्ने कार्य चैत मसान्तसम्मका लागि स्थगन गर्न निर्देशन दिएको छ ।

अर्थमन्त्री युवराज खतिवडाको अध्यक्षतामा बुधबार बसेको उच्चस्तरीय वित्तीय क्षेत्र व्यवस्थापन समन्वय समितिको बैठकले सो निर्णय गरेको हो ।

यसमा गैरबैङ्किङ वित्तीय संस्थाहरु पनि सामेल छन् । बैङ्क तथा वित्तीय संस्थाहरुबाट प्रावह भएको कर्जाको वर्गीकरण तथा व्यवस्था गर्ने कार्य हाललाई यथास्थितिमा राख्न नेपाल राष्ट्र बैङ्कले आवश्यक व्यवस्था मिलाउने पनि बैठकले निर्णय गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री