बिहीबार, २० वैशाख २०८१

कोरोना विशेष अस्पतालमा मृत्यु भएका यादवको शव आइसोलेसनमा

समयपोष्ट २०७६ चैत ११ गते १३:३३

Advertisement

चितवनको भरतपुरस्थित कोरोना विशेष अस्पतालको आईसीयुमा रहेका एक बिरामीको मंगलबार बिहान मृत्यु भएको छ । मृतक वीरगन्ज महानगरपालिका २२ स्थित जगन्नाथपुरका ३० वर्षीय सन्तोष यादव हुन् ।

चितवनको भरतपुरस्थित कोरोना विशेष (अस्थायी) अस्पतालमा मृत्यु भएका व्यक्ति चितवन मेडिकल कलेजबाट रिफर गरिएको बिरामी भएको अस्पतालले जनाएको छ ।

कोरोना विशेष अस्पतालका प्रमुख तथा प्रवक्ता डाक्टर भोजराज अधिकारीले मंगलबार जारी गरेको विज्ञप्तिअनुसार उनी पहिलेदेखि नै लुपुस भन्ने रोगले मिर्गौला समेत समस्या देखिएका बिरामी रहेको र गत चैत ९ गते चितवन मेडिकल कलेजमा भर्ना भएका थिए । उपचारकै क्रममा उनलाई कोरोना भाइरसको आशंकामा सोमबार राति कोरोना विशेष अस्पतालमा रिफर गरिएको थियो ।

उनको १० गते दिउँसोदेखिबाट नै श्वासप्रस्वासमा समस्या बढेपछि कोरोना विशेष अस्पतालको सघन उपचार कक्ष (आईसीयु) मा सारिएको प्रमुख अधिकारीको भनाइ छ । तर समस्या घट्नुको साटो बढ्दै गइ मंगलबार बिहान साढे ९ बजे चिकित्सकले मृत घोषित गरेको अस्पतालले जनाएको छ । स्वावको रिपोर्ट आउन बाँकी रहेकाले मृत शरीरलाई रिपोर्ट नआउन्जेल आइसोलेसनमा रााखएको अस्पतालले जनाएको छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री