शुक्रबार, १४ वैशाख २०८१

कोभिड १९ त्रास : मास्क र गाउन लगाएरै शारिरिक सम्बन्ध !

समयपोष्ट २०७६ चैत ४ गते १८:१६

Advertisement

कोभिड-१९ संक्रमणबाट अहिले विश्वनै आक्रान्त बनेको छ ।

यसले अर्थतन्त्रनै धराशाही बन्ने अवस्थाको सिर्जना गरेको छ । तर ‘पोर्न साइट’हरुले भने कमाउने धन्धामा लागिरहेका छन् ।

पछिल्लो समय थुप्रै पोर्न साइटहरुले ‘मास्क’ र भाइरलबाट जोगिने गाउन, अर्थात् ‘सूट’ पहिरिएर यौन सम्पर्क गरिराखेका भिडिओ पोस्ट गरेका छन् । ‘डिसर्टेड वुहान’, ‘टीएसए एजेन्ट डिटेन्स वुमन सस्पेक्टेड अफ कोरोना भाइरस’ जस्ता टाइटलका भिडिओ पोर्न साइटहरुले पोस्ट गरेको डेलीमेलले जनाएको छ ।

साथै पिपीइ अर्थात् विशेष खालको सूट, फेस मास्क तथा हस्पिटल गाउन जस्ता पहिरनमा यौन सम्पर्क गरिराखेका भिडिओ ती साइटले उत्पादन गरेका हुन् ।

आम मानिसहरु जसरी ‘हरर मुभी’सँग नजिकिन्छन् त्यसै गरी कोरोना भाइरसको विषयसँग आकर्षित भएको पोर्न मुभी निर्मार्ताहरुको तर्क छ । साथै कोभिड–१९ ले विश्वभर त्राससँगै रहस्य पनि निम्त्याउने उनीहरुको भनाइ छ । इटलीमा किस र हग गर्न प्रतिबन्ध लगाएपछि यस्ता भिडिओ निर्माण गर्न थालेको बताइन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री