एन आई सी एशिया बैंकको बोनस शेयर सुचीकृत
समयपोष्ट
२०७५ फागुन १४ गते १४:३४
नेपाल स्टक एक्सचेञ्जमा एन आई सी एशिया बैंकको ८० लाख ३१ हजार १ सय १७ कित्ता शेयर सुचीकृत भएको छ । बैंकको गत पुस ४ गते बसेको २१ औं साधारणसभाबाट पारित १० प्रतिशत बोनस शेयर फागुन ९ गते सुचीकृत भएको हो ।
सो पश्चात् बैंकको चुक्ता पूँजी रु. ८,८३४,२२८,६९८ रहेको छ । बैंकको केही शेयर अझै अभौतिकरण भइनसकेको परिप्रेक्ष्यमा उक्त शेयरहरू अभौतिकीकरण गर्न बैंकले शेयरधनीहरूमा आग्रहसमेत गरेको छ ।
बैंकले मुलुकभर २७७ शाखा कार्यालयहरु, २९० एटिएम, ३९ वटा एक्स्टेन्सन काउण्टर एवं २३ वटा शाखारहित बैंकिङ्ग मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । बैंकको वासलातको आकार रू. २१५ अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब रू. १७१ अर्ब पुगेको छ । बैंकको कुल कर्जा करिब रू. १४९ अर्ब सहित निजी क्षेत्रका बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंक भएको छ ।
प्रतिक्रिया