मंगलबार, ६ साउन २०८२

३३ औं वार्षिकोत्सवको अवसरमा एनआइबीएलले शुरु गर्यो ‘एनआईबीएल क्रमिक मुद्यती खाता’

समयपोष्ट २०७५ फागुन १४ गते १३:१२

नेपाल इन्भेष्टमेन्ट बैंकले ३३ औं वार्षिकोत्सवको अवसर पारेर ‘एनआईबीएल क्रमिक मुद्यती खाता’को शुभारम्भ गरेको छ ।

बैंकले कुनै पनि बचत खाता खोल्ने ग्राहकले ‘एनआईबीएल क्रमिक मुद्यती खाता’ मुद्यती खाता खोल्न सक्ने छन् । हरेक महिना न्युनतम ३ सय ३३ जम्मा गरेर ३३ महिनाको अवधिका लागि उच्चतम ९.२५ प्रतिशत ब्याज पाउन सक्ने छ ।

सोही अवसरमा बैंकले बालबालिकाहरुमा वित्तिय साक्षरता विस्तार गर्ने उद्देश्यले ‘बैंकसँगको नाता, मेरो आफ्नै बचत खाता’ नाममा चित्रकथा सार्बजनिक गरेको छ । विषेश गरी वालवालिकाहरुलाई सानै उमेरदेखि नै बैंकको महत्व तथा फाइदा बुझाई उनीहरुमा बचत गर्ने बानीको विकास गर्नका लागि बैंकले जानकारी मूलक बाल चित्रकथा प्रकाशनमा ल्याएको बताएको छ ।

सोही अवसरमा बैंकले भिसा कार्ड प्रयोगकर्ताका लागि पीओएस मेसिन प्रयोग गर्दा ३३ दिनका लागि ३३ प्रतिशत क्यास व्याक प्रदान गर्ने बिज्ञप्ती मार्फत जानकारी दिएको छ । आर्थिक वर्ष २०७४/७५ को अन्त्यसम्ममा बैंकको चुक्ता पूँजी १२ अर्ब ५८ करोड पुगेको छ भने जगेडा तथा कोषको रकम ९ अर्ब ७७ करोड पुगेको छ ।

शेयरधनी कोष रकम २४ अर्ब ८७ करोड पु¥याई निजी क्षेत्रका बैंकहरुमध्ये उच्च स्थानमा रहेको छ । बैंकले २०७४/७५ मा ४ अर्ब ९५ करोडको सञ्चालन मुनाफा कमाएको छ भने खुदनाफा ३ अर्व ६५ करोड पुगेको छ । बैंकको निक्षेप ११.४५ प्रतिशतले बढेर १ खर्ब ४० अर्ब पुगेको छ भने कर्जा लगानी १ सय २० अर्ब पुगेको छ । बैंकको खराब कर्जा (एन.पी.ए.) अनुपात १.३६ प्रतिशत रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री