एनआइसी एशियाले महिला उद्यमशीलताका लागि १० लाख रुपैयाँसम्म सहुलियत कर्जा दिने
समयपोष्ट
२०७५ फागुन १३ गते १२:५८
एनआइसी एशिया बैंकले नेपाल उद्यमशील महिला महासंघसँग सहकार्य गरेर ‘उद्यमशील बचत खाता’ योजना ल्याएको छ।
सम्झौंतापत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुधीरनाथ पाण्डे र महासंघकी अध्यक्ष देविका बुढाथोकीले हस्ताक्षर गरे । सम्झौंतासँगै महासंघले उपलब्ध गराएको कागजात, कारोबारका आधारमा बैंकले २ लाखदेखि १० लाख रुपैयाँसम्म सहुलियतमा व्यक्तिगत कर्जा दिने छ ।
सरकारले ल्याएको सहुलियत कर्जा सम्वन्धी कार्यक्रमलाई सघाउ पुर्याउने बैंकको दाबी छ । हाल बैंकले २७७ शाखा कार्यालयहरु, २८९ एटिएम, ३९ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ।
प्रतिक्रिया