शुक्रबार, १४ वैशाख २०८१

अमलेखगञ्जस्थित आयल निगम परिसरमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर

समयपोष्ट २०७५ फागुन ९ गते २०:२८

Advertisement

प्रभु बैंकले बारा जिल्लाको अमलेखगञ्जस्थित नेपाल आयल निगम परिसरमा बिरगञ्ज शाखा कार्यालयको एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । बिहीबार आयल निगमका क्षेत्रीय प्रमुख कुमार यादवले एक कार्यक्रमकाबीच एक्स्टेन्सन काउण्टरको समुद्घाटन गरे ।

उक्त कार्यक्रममा क्षेत्रीय प्रमुख यादवले पेट्रोलियम पदार्थको कारोबार गर्ने डिलर्सहरुलाई सहज हुने बिश्वास ब्यक्त गरे ।

कार्यक्रममा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले अमलेखगञ्जस्थित निगमको ईन्धन डिपोेसँग कारोबार गर्ने पेट्रोलियम व्यवसायीहरुको सुविधालाई मध्येनजर गरी बैंकले एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको बताए । साथै, अब हरेक पेट्रोलियम व्यवसायीले नगद बोकेरै आउनु नपर्ने, बैंकको जुनसुकै शाखा कार्र्यालयबाट आयल निगम अमलेखगञ्जको खातामा निःशुल्क रुपमा रकम जम्मा गरी पेट्रोलियम पदार्थको कारोबार गर्न सकिने व्यवस्था बैंकले मिलाएको जानकारी दिए ।

बैंकको अमलेखगञ्जस्थित एक्स्टेन्सन काउण्टर कार्यालयबाट विशेष गरी पेट्रोलियम पदार्थको कारोबार गर्ने व्यवसायी, स्थानीय सेवाग्राही, सर्वसाधारणहरु, उद्यमी व्यवसायीहरु लगायतले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुनेछन् भन्ने बैंकले विश्वास लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री