प्रादेशिक महोत्सवमा एक करोडभन्दा बढीको कारोवार

जिल्लाको दिपायलस्थित पिपल्ला बजारमा सञ्चालन भएको सुदूरपश्चिम प्रादेशिक महोत्सव समापन भएको छ । महोत्सवमा करीब एक करोड बराबरको कारोवार हुनुका साथै ४० देखि ५० हजारभन्दा बढी दर्शकले अवलोकन गरेको महोत्सव आयोजक संस्था डोटी उद्योग वाणिज्य सङ्घले जनाएको छ ।
डोटीलगायत समग्र सुदूरपश्चिमको मुख्य पर्वकै रुपमा हेरिएको महोत्सवले यस क्षेत्रलाई देशमै चिनाएको डोटी उद्योग वाणिज्य सङ्घका महासचिव दीपकबहादुर खड्काले बताए । उनले भने, “हामीले महोत्सवलाई पर्वकै रुपमा मनाएर देशभरमै चिनाउन सफल भयौँ, यसैमा खुशी छौँ ।” कृषि, पर्यटन, उद्योग, व्यापार सुदूरपश्चिम विकासको मूल आधार” भन्ने नाराका साथ आयोजना गरिएको उक्त महोत्सव माघ २५ गतेदेखि सञ्चालन भई हिजो बुधबार सकिएको थियो ।

Advertisement

महासचिव खड्काका अनुसार २०७६ फागनु ८ गतेदेखि १८ गतेसम्म महोत्सव तथा खप्तड गङ्गादशारा मेला २०७६ जेठ २५ गतेदेखि असार २ गतेसम्म आयोजना हुने भएको छ ।

महिलालाई अण्डा वितरण

जिल्लाको दिपायल सिलगढी नगरपालिका–९ कलेनाका सुनौँला हजार दिनका सुत्केरी तथा गर्भवती महिलालाई अण्डा वितरण गरिएको छ । दिपायल सिलगढी नगरपालिका बहुक्षेत्रीय पोषण योजना अन्तर्गत वडा नं ९ कलेनामा सञ्चालित दुई वटा पोषण परामर्श केन्द्रबाट ६६ जना गर्भवती तथा सुत्केरी महिलालाई अण्डा वितरण गरिएको नगरपालिकाका पोषण सम्पर्क व्यक्ति रमेशचन्द्र जोशीले जानकारी दिए ।

कलेनाभित्र रहेका ६६ जना गर्भवती तथा सुत्केरी महिलालाई एक/एक क्यारेट अण्डा वितरण गरिएको हो । सहभागी महिलालाई नगरपालिकाका बहुक्षेत्रीय पोषण योजनाका संयोजक हीरामाया मलासी र वडासचिव लोकेन्द्रराज जोशीले अण्डा वितरण गरेका थिए ।

Advertisement

स्थानीय तालीमप्राप्त पोषण सहजकर्ताद्वारा पोषण परामर्श केन्द्रमा पोषण सन्तुलित आहार घरायसी सरसफाइ, तरकारी खेती तथा लैंगिक हिंसाजस्ता विषयमा महिलाले छलफल गर्ने गरेको बहुक्षेत्रीय पोषण योजनाका जिल्ला संयोजक चाणक्य अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री