शनिबार, ८ वैशाख २०८१

माछापुच्छ्रेका ग्राहकलाई चिरायु अस्पतालमा १५% सम्मको छुट

समयपोष्ट २०७५ फागुन ८ गते १९:५३

Advertisement

माछापुच्छ्रे बैंक र चिरायू नेशनल अस्पताल तथा मेडिकल इन्स्टिच्यूट बीच बैंकका ग्राहकहरुलाई छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

सम्झौतापत्रमा माछापुच्छ्रे बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कोईराला तथा चिरायूु नेशनल अस्पताल तथा मेडिकल इन्स्टिच्यूटको तर्फबाट सञ्चालन निर्देशक चण्डेश्वर वैद्यले हस्ताक्षर गरे ।

सम्झौतासंगै माछापुच्छ्रे बैंकका ग्राहकहरूले चिरायू अस्पतालका सेवाहरुमा १५% सम्मको छुट पाउनेछन् । बैंकका ग्राहकहरूले उक्त छुट, बैंकको डेबिट अथवा क्रेडिट कार्ड प्रयोग गरी बिल भुक्तानी गर्दा पाउन सक्नेछन् । चिरायू अस्पतालले आफ्नो स्थापनाकालदेखि विश्वस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ ।

बैंकले ९३ वटा शाखाहरु, ६२ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा १५५ स्थानबाट सम्पूर्ण बैंककिङ्ग सुबिधा प्रदान गर्दै आएको छ । साथै, बैंकको देशभर ११५ वटा एटीएमहरु सञ्चालनमा छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री