शुक्रबार, १४ वैशाख २०८१

सिभिल बैंकले गर्यो लाभांश घोषणा

समयपोष्ट २०७५ फागुन ५ गते १२:२२

Advertisement

सिभिल बैंकले गत आर्थिक वर्ष २०७४/७५ को नाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ।

बैंक सञ्चालक समितिको फागुन ३ गते बसेको २६४ औं बैंठकले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट ४.०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

सिभिल बैंकले गत आर्थिक वर्षकाे मुनाफाबाट शेयरधनीलाइ चुक्ता पूँजी ७ अर्ब २५ करोड ९३ लाख रुपैयाँको ४.०५ प्रतिशतका दरले हुन आउने २९ करोड ४० लाख दुई हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत तथा बैंकको आगामी साधारण सभाले अनुमोदन गरेपछि मात्र शेयरधनीले पाउनेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री