शुक्रबार, १४ वैशाख २०८१

आइएमई जनरल इन्स्योरेन्स र हरिपुर नगरपालिकाबीच बीमा सम्झौंता

समयपोष्ट २०७५ फागुन २ गते ११:४९

Advertisement

आइएमई जनरल इन्स्योरेन्स र हरिपुर नगरपालिकाबीच बीमा सम्झौंता भएको छ।
सम्झौतापत्रमा आइएमईका सहायक महाप्रबन्धक मुनिन्द्र ठाकुर र हरिपुर नगरपालिकाका मेयर जमिरुद्धिन मन्सुरले हस्ताक्षर गरे। सम्झौंता अनुसार नगरपालिकाको सबै भौतिक सम्पतिको बीमा भएको छ भने नगरपालिकाका नगरवासीले कम्पनीमार्फत बीमा गराउनसक्ने भएका छन्।

सम्झौंतापछि हरपुर नगरापालिकाको सम्पूर्ण बीमा र नगरको पशुपन्छी तथा बालिनालीको बीमा कम्पनीसँग गर्न सकिने छ । नगरप्रमुख मन्सुरले भौतिक सम्पति, कृषि र पशुपन्छी बीमा गराएर ढुक्क हुन आग्रह गरे । कम्पनीका सहायक महाप्रबन्धक ठाकुरले नगरपालीकाले कृषकहरुको सामूहिक हित हुने गरी कम्पनीसँग बीमा गर्ने अवसर दिएकोमा खुशी व्यक्त गरे।

प्रतिक्रिया

सम्बन्धित सामाग्री