एभरेष्ट इन्स्योरेन्सको लिलामी हकप्रदमा बोलपत्र पेश गर्ने आज अन्तिम दिन

एभरेष्ट इन्स्योरेन्सको लिलामी सेयरमा आवेदन दिने आज अन्तिम मिति रहेको छ । कम्पनीले माघ २१ गतेदेखि हकप्रदमा अवितरित एक लाख ९७ हजार ७१७ कित्ता संस्थापक हकप्रद लिलामीमा राखेको थियो ।
इच्छुक लगानीकर्ताले कम्पनीको शेयर बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल नक्साल, र सिद्धार्थ बैंकको विराटनगर, वीरगञ्ज, पोखरा, बुटवल, धनगढी, सुर्खेत, नेपालगञ्ज शाखा कार्यलयबाट शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।
बोलपत्र आवेदन गर्दा न्यूनतम एक सय रुपैयाँ वा सो भन्दा माथि बढाबढ मूल्यमा एक सय कित्तादेखि आवेदन खुला भएको सम्पूर्ण कित्ताका लागि माग गर्न सक्नेछन् । तर बीमा समितिले एक व्यक्ति वा संस्थाले खरिद गर्न पाउने भनि तोकेको सीमाभन्दा बढी नहुने गरि पेश गर्नुपर्नेछ । एक इन्स्योरेन्सको शेयरमूल्य दोस्रो बजारमा प्रतिकित्ता ८१३ रुपैयाँ हाराहारीमा कारोबार भएको छ ।
बीमा समितिको निर्देशन अनुसार चुक्ता पूँजीको १०५ प्रतिशत हकप्रद निष्काशन गर्दा सो परिमाणमा हकप्रद बिक्री नभएपछि लिलामी मार्फत बिक्रीमा ल्याएको हो ।




























प्रतिक्रिया