शनिबार, ३ साउन २०८२

सबै प्रदेशमा नेपाल बैकका प्रादेशिक कार्यालयहरु खुल्यो

समयपोष्ट २०७५ माघ २४ गते १३:१८

नेपाल बैक लिमिटेडले सबै प्रदेशहरुमा प्रादेशिक कार्यालय स्थापना गरेको छ ।

संगठनात्मक संरचनालाई संघीय ढांचामा रुपान्तर गर्ने क्रममा बैंकले प्रदेश नं १ को विराटनगर, प्रदेश नम्बर २ को वीरगंज, प्रदेश नम्बर ३ को काठमाडौं, प्रदेश नम्बर ४ को पोखरा र प्रदेश नम्बर ५ को वुटवलमा प्रादेशिक कार्यालय स्थापना गरि संचालनमा ल्याएको हो ।

यसैगरि प्रदेश नम्बर ६ र प्रदेश नम्बर ७ मा प्रादेशिक कार्यालय स्थापनाको तयारी अन्तिम चरणमा पुगेको र हाललाई प्रदेश नं ६ को सम्पर्क कार्यालय नेपाल बैक लिमिटेडको वीरेन्द्रनगर शाखा र प्रदेश नम्बर ७ को सम्पर्क कार्यालय नेपाल बैक लिमिटेडको शाखा कार्यालय धनगढी मार्फत प्रादेशिक व्यवस्थापनको व्यवस्था मिलाईएको छ ।

वि.सं. १९९४ सालमा स्थापित नेपालको अगुवा बैक नेपाल बैंकले देशका ६० जिल्लामा १५७ शाखा ११ वटा एक्सटेन्सन काउन्टर मार्फत १५ लाख बढी ग्राहकलाई प्रत्यक्ष बैकिङ्ग सेवा उपलव्ध गराउँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री