मंगलबार, ६ साउन २०८२

जनता बैंकको नाफा ६३ करोड ४६ लाख

समयपोष्ट २०७५ माघ २४ गते ११:३५

जनता बैंकले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा ९० प्रतिशतले नाफा बृद्धि गरेको छ । बैंकले यस अवधिमा ६३ करोड ४६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।

नियामकीय नाफा भने ५३ करोड रुपैयाँमा खुम्चिएको छ। बैंकले ब्याज आम्दानी ३१ प्रतिशतले बढाउँदा ब्याज खर्च भने २२ प्रतिशत बढेको छ। तुलनात्मक रुपमा ब्याज खर्च कम हुँदा खुद ब्याज आम्दानी एक अर्ब ५८ करोड रुपैयाँ आर्जन गरेको छ।

बैंकले पुससम्ममा ६८ अर्ब ४३ करोड रुपैयाँ निक्षेप संकलन गरि ६३ अर्ब ६५ करोड रुपैयाँ ऋण लगानी गरेको छ। ऋण विस्तारमा आक्रमक बैंकको पूँजीकोष अनुपात १६ प्रतिशतबाट १३ प्रतिशतमा खुम्चिएको छ।

खराव कर्जा १.१२ प्रतिशत विन्दुले सुधार गर्दै १.५३ प्रतिशतमा झारेको छ। आधार ब्याज दर भने खासै घटाउन सकेको छैन। आधार व्याज दर ११.०४ प्रतिशत छ भने प्रति शेयर आम्दानी ७ रुपैयाँले सुधार गर्दै १५ रुपैयाँ पुर्याएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री