शनिबार, १५ वैशाख २०८१

‘ब्लड प्रेसर हाई–लो’ भएजस्तै तरलता तल–माथि भएको हो : अनिलकेशरी शाह

समयपोष्ट २०७५ माघ २७ गते १२:५६

Advertisement

हाम्रो देश अहिले पनि राजनीतिक, आर्थिक, सामाजिक लगायतका सङ्क्रमणकालीन चरणमै छ । सङ्क्रमणकालको नतिजाको रूपमा मैले यसलाई बुझेको छु किनभने अहिले पनि हामी खुला बजारमै छौँ । खुला बजारमा कहिलेकाहीँ बजारको हितको निम्ति कुनै कदम मिलेर चाल्नुपर्ने हुन्छ ।  व्याजदर जहिले पनि प्राकृतिक तहमा हुनुपर्छ । यसको सुरुवात डिपोजिटको व्याजदरबाट हुन्छ । एक वर्षको मुद्धति निक्षेप मुद्रास्फीति भन्दा अलिकति माथि हुनुपर्छ । त्यो भयो भने मानिसहरूलाई बचत गर्न अलिकति प्रोत्साहन हुन्छ । मैले १ सय रूपैयाँ १ वर्षको मुद्धति निक्षेपमा राखिदिए । मुद्रास्फीति ६ प्रतिशत छ भने मैले त्यहाँ ८ प्रतिशत पाउँदा वर्षको अन्त्यमा मेरो सम्पत्ति वृद्धि हुन्छ । मुद्रास्फीति कम छ भने सय रूपैयाँले आज जे किन्न पाइन्छ एक वर्षमा कम हुन्छ । त्यो व्याजदर निरन्तर भएपछि यता लेन्डिङको व्याजदर पनि प्राकृतिक तहमा गएर बस्छ ।

अरूले व्याजदर बढाएर हाम्रो निक्षेप बाहिर जान लाग्यो भने हामी हात बाँधेर बस्दैनौँ किनभने मेरो पहिलो दायित्व भनेको नबिल बैङ्कप्रति छ । त्यसपछि वित्तीय क्षेत्र र त्यसपछि नेपालको अर्थतन्त्रप्रति हो । नबिल बैङ्कको सीईओको हैसियतले नबिल बैङ्कलाई घातक हुने काम मैले गर्न सक्दिनँ ।

हाम्रो वृद्धिदर हेर्दा हामीले यता जति निक्षेप लियौँ अथवा सय रूपैयाँ लियौँ भने त्यसको ८० रूपैयाँ लेन्ड गर्न सक्ने हो । तर लेन्डिङ साइडमा वृद्धिदर यसरी बढ्यो कि निक्षेपले धान्नै सकेन । त्यो हुँदा धेरैजसो वित्तीय संस्थाहरूको सीसीडीमा उलङ्घन हुन लाग्यो, उहाँहरूलाई गाह्रो भएपछि भद्र सहमति तोडेर व्याजदर माथि लैजान खोज्नुभएको हो । हामी ठूला बैङ्कहरूले व्याजदरमा प्रतिस्पर्धा गर्न चाहँदैनौँ भनेका थियौँ । तर अरूले व्याजदर बढाएर हाम्रो निक्षेप बाहिर जान लाग्यो भने हामी हात बाँधेर बस्दैनौँ किनभने मेरो पहिलो दायित्व भनेको नबिल बैङ्कप्रति छ । त्यसपछि वित्तीय क्षेत्र र त्यसपछि नेपालको अर्थतन्त्रप्रति हो । नबिल बैङ्कको सीईओको हैसियतले नबिल बैङ्कलाई घातक हुने काम मैले गर्न सक्दिनँ । त्यस कारण जब अन्य वित्तीय संस्थाहरूले व्याजदर बढाए हामीले केही हप्ता पर्खेर हेर्यौं । हाम्रो बचत खाताबाट पैसा बाहिर जान लागेपछि हामीले पनि १३ प्रतिशत व्याजदरमा मुद्धति निक्षेप खोलिदिएका हौँ । त्यो भएपछि हामी पहिले जहाँ थियौँ, त्यहीँ पुग्यौँ । निक्षेप फर्किएर नबिल बैङ्कमै आउन थाल्यो । हामीले पहिले नै यसो नगरौँ, यसले कसैलाई फाइदा पुर्याउँदैन भनेका थियौँ । बच्चाहरू दुई किसिमका हुन्छन् । एकथरी बच्चा आगो नछोऊ, पोल्छ भनेपछि छुँदैन । अर्कोथरी जसले जे भने पनि उसलाई छुनै पर्छ । पोलेपछि बल्ल छुन हुँदैन रहेछ भनेर पन्छिन्छ । हाम्रो पनि कुनै मित्रहरू त्यस्तै परे कि एक पटक आगो छुनै पर्ने ।  नबिल, हिमालयनले व्याज १३ प्रतिशतमा लगेपछि राष्ट्र बैङ्कले पनि अब धान्न सकिँदैन भनेर हस्तक्षेप गर्यो । त्यसपछि सबै वित्तीय संस्थाहरूले फेरि एक पटक व्याजदर नबढाउने भद्र सहमति गरेका हुन् । यो भद्र सहमति मुद्रास्फीतिलाई व्यवस्थित गर्ने खालकै छ । यसले निक्षेपकर्तालाई पनि हानि गर्दैन र लेन्डिङ पनि प्राकृतिक तहमा गएपछि राहत नै हुन्छ । त्यस कारण केही समयलाई यो रहला जस्तो मलाई लाग्छ ।

 

बच्चाहरू दुई किसिमका हुन्छन् । एकथरी बच्चा आगो नछोऊ, पोल्छ भनेपछि छुँदैन । अर्कोथरी जसले जे भने पनि उसलाई छुनै पर्छ । पोलेपछि बल्ल छुन हुँदैन रहेछ भनेर पन्छिन्छ । हाम्रो पनि कुनै मित्रहरू त्यस्तै परे कि एक पटक आगो छुनै पर्ने ।

सबै खुशी हुने ब्याजदर

व्याजको सुरुवात बिज भनेको डिपोजिटको व्याज हो । डिपोजिटको व्याजमा हाम्रो बचत खाता भन्छौँ नि, यो बचत होइन, चेकिङ अकाउन्टमा व्याज दिने हो । बचत खाता भनेको अरू देशमा पनि छन् । त्यो भनेको न्यूनतम व्यालेन्स राखिराख्नुपर्ने । महिनामा एउटा या दुईवटा कारोबार मात्र गर्न पाउने । त्यो भन्दा बढी गरे चार्ज लाग्ने हो, बचत खाता भनेको त्यो हो । हाम्रो त चेकिङ खातामा बचत दिएको हो । त्यही भएर बचत खाताको व्याज हामीले हेरेर केही पनि हुँदैन । हामीले हेर्नुपर्ने भनेको मुद्धति निक्षेपको व्याज हो । एक वर्षको मद्धति निक्षेपको व्याज देशको मुद्रास्फिति भन्दा माथि हुनुपर्छ । त्यो व्याजदरलाई त्यहाँ लगेर राख्न सक्यो भने त्यो धेरै हाई भयो । हाम्रो मुद्रास्फिति अहिले भनौँ ६ प्रतिशत छ । त्यो १३ प्रतिशत भयो भने पनि ठीक हुँदैन, उता लोन धान्न सक्दैन । ६ प्रतिशत छ, २ प्रतिशत भयो भने त्यो पनि हुँदैन किनभने निक्षेपकर्तालाई केही फाइदै हुँदैन भने किन राख्ने । छ–सात आठ प्रतिशतसम्म छ भने १ वर्ष मुद्धति निक्षेप ठीक छ । त्यो एक वर्षको मुद्धति निक्षेप मुद्रास्फितिसँग लिङ्क भइसकेपछि अरू व्याजदर त्यसैगरी निर्भर गर्छ । त्यो बेसिसलाई हामीले करेक्ट गर्यौं भने अरू सबै व्याजदर आफ्नो ठाउँमा ठ्याक्क आउँछ ।

पाँच तारे होटलमा गएर एउटा कोक खाने पैसाले बाहिर त पूरै नास्ता खान पुग्छ । पाँच तारेमा जानेको आफ्नै एउटा सोच छ । सबैभन्दा कम पैसामा लोन पाउने, सबैभन्दा बढी व्याज पाउने वित्तीय संस्थामा मात्रै मानिसहरू जाँदैनन् ।

अहिले भद्र सहमति भनियो तर यो कार्टेल अथवा सिन्डिकेट भने होइन । बचतकै व्याजदर हेरौँ, तीन प्रतिशतदेखि साढे ६ प्रतिशतसम्म छ । मुद्धति निक्षेपको पनि त्यस्तै तल–माथि छ । कोही मान्छे व्याजदर मात्र खोजेर जान्छन् । कोही व्याजसँग सेवा खोज्छन् भने कोही व्याज, सेवा र सुरक्षा खोज्छन् भने कोही सुरक्षा मात्र खोज्छन् । त्यस कारण सबैभन्दा सस्तो रेष्टुरेन्टमा मात्र खाने हो भने सडकछेउको मात्र चल्थ्यो होला । पाँच तारे होटलमा गएर एउटा कोक खाने पैसाले बाहिर त पूरै नास्ता खान पुग्छ । पाँच तारेमा जानेको आफ्नै एउटा सोच छ । सबैभन्दा कम पैसामा लोन पाउने, सबैभन्दा बढी व्याज पाउने वित्तीय संस्थामा मात्रै मानिसहरू जाँदैनन् । त्यस कारण अहिले पनि खुला प्रतिस्पर्धा छ । व्याजदर एक वर्षको मुद्धति निक्षेप मुद्रास्फिति भन्दा अलि बढी भयो भने अरू सबै व्याजदर आफ्नो ठाउँमा बस्छ ।

खुला बजार अर्थतन्त्र र परिपक्वता

खुला बजार अर्थतन्त्रका लागि पूर्णरूपमा कुनै पनि देश परिपक्व छैन । खुला बजार अर्थतन्त्र भन्ने अमेरिकालाई नै हेरौँ । मान्छे आउन रोक्न पर्खाल लगाउनेदेखि व्यापार नियन्त्रण गर्न कति ट्यारेफहरू राख्नुभएको छ । राष्ट्रपति ट्रम्पको पहिलो दायित्व भनेको अमेरिकी अर्थतन्त्रलाई मजबुत बनाउने हो । त्यसले अन्य मुलुकको अर्थतन्त्रलाई के गर्छ भन्ने दोस्रो कुरा भयो । पहिले त उसले आफ्नै देशको अर्थतन्त्र हेर्छ । त्यस कारण खुला बजार नेपालमा चल्दैन भन्ने होइन । एउटा बच्चा जन्मनेबित्तिकै यो डाक्टर हुनुपर्ने हो, यसले किन अहिले नै अपरेसन गर्दैन भन्ने होइन । डाक्टर बनाउनका लागि पढाउनै वर्षौँ लाग्छ, त्यसपछि न राम्रो डाक्टर बन्छ होला  । हामी पनि त्यही चरणमा छौं । भर्खर संविधान आएको छ । प्रादेशिक संरचनाहरू बनिरहेका छन् । त्यस कारण अहिले नै सबै कुरा खोलिदियो भने त्यो झ्यामझुम खत्तम हुन्छ । क्रमैसँग अगाडि बढ्ने हो । कहिलेकाहीँ तीन स्टेप अघि जानुपर्ला, कहिले एक स्टेप पछि हट्नुपर्ला ठीकै छ । नचिप्लिऊँ, नलडौँ र यो बाटो नछोडौँ । अर्कै बाटो लाग्यौँ भने त्यो राम्रो हुँदैन ।

खुला बजार नेपालमा चल्दैन भन्ने होइन । एउटा बच्चा जन्मनेबित्तिकै यो डाक्टर हुनुपर्ने हो, यसले किन अहिले नै अपरेसन गर्दैन भन्ने होइन । डाक्टर बनाउनका लागि पढाउनै वर्षौँ लाग्छ, त्यसपछि न राम्रो डाक्टर बन्छ होला  । हामी पनि त्यही चरणमा छौं ।

आज खुला बजार अर्थतन्त्र भएका देशहरू नै समृद्ध देश भनेर गनिन्छन् । चाइना कम्युनिस्ट देश भए पनि उनीहरूको अर्थतन्त्र खुला छ । त्यस्तै जापनिज, अमेरिकन, कोरियन अर्थतन्त्र भयो । रसियाले पनि खुला बजार भएपछि एकदम राम्रो गरिरहेको छ । भनिन्छ नि, ‘सबै पाङ्ग्रा हामीले बनाउनुपर्दैन । अरूले बनाएका पाङ्ग्रामा पनि हाम्रो मोटर चलाउन सिक्नुपर्छ ।’ संसारमा खुला बजार अर्थतन्त्र भएका सबै मुलुकले राम्रो गरिरहेका छन् । नेपाल पनि त्यही बाटोमा हिँडे एकदम राम्रो हुन्छ ।

लगानीयोग्य रकमको अभाव

बैङ्किङ क्षेत्रमा केही वर्षदेखि देखिँदै आएको लगानीयोग्य रकमको अभाव हुनुको पछाडि दुईवटा कारण छन् । यसमा बैङ्करहरूले नै आत्मालोचना गर्नुप¥यो, भित्र हेर्नुपर्यो । हाम्रो पुँजी बढेर ८ अर्ब पुग्यो । जुन किसिमको प्रतिफल हामीले दुई अर्ब, तीन अर्ब पुँजीमा दिन्थ्यौँ, त्यही किसिमको प्रतिफल बोर्डले र लगानीकर्ताहरूले पनि खोज्नुभयो । त्यो दिनलाई हाम्रो कच्चा पदार्थ भनेको लोन हो । लोन हामीले बढायौँ । लोन बढाउँदा निक्षेप चापमा पर्यो । निक्षेप नबढेको होइन । प्रत्येक वर्ष डिपोजिट पनि बढिरहेको छ । तर जुन वृद्धिदर कर्जामा छ, त्यो निक्षेपमा हुन सकेन । हामी अहिले जहाँ छौँ, त्यहाँ पुगेको हो । त्यस कारण पहिलो दोष हामी बैङ्कले नै लिनुपर्छ ।

दोस्रो संविधान जारी भइसकेपछि होस् या त्यसअघि होस्, नेपाल सरकारले बजेट ल्यायो । त्यो बजेट देखेर निजी क्षेत्र एकदम प्रोत्साहित भयो । तर बजेट आधी मात्र सफल भयो । राजस्व निजी क्षेत्रबाट आयो । राजस्व लक्ष्यभन्दा राम्रो भयो । त्यो नेपाल सरकारले गरेको कामले आएको होइन, निजी क्षेत्रले गरेर आएको हो । नेपाल सरकारले गर्ने भनेको खर्च हो । बाटो, घाटो, पुल, सडक, अस्पताल के–के बनाउनुपर्ने हो, त्यहाँ हुनै सकेन । जम्मा भएको सबै पैसा सिहदरबारको ढुकुटीमा गएर बस्यो । फेरि फर्केर अर्थतन्त्रमा आएन । एकतिर बैङ्कहरूले बढी लोन दिइरहेका थिए । अर्कोतिर जुन डिपोजिट फर्केर आउनुपर्ने थियो, त्यो फर्केर आएन । त्यसैले यी दुई कारणले गर्दा ब्लड प्रेसर हाई–लो भएको जस्तै तरलता तल–माथि भएर गएको हो ।

पुँजी वृद्धि र लगानी

 

कुनै संस्थाले १ सय कोठाको होटल तीस वर्षदेखि चलाइरहेको थियो । अचानक उसले त्यहाँ ३ सय कोठा बढी थपिदियो । होटल ४ सय कोठाको भयो । उसले मार्केटिङदेखि कर्मचारीसम्म सबै चौगुणा बढाउनुपर्यो । बैङ्किङ क्षेत्रमा भएको पनि त्यही हो ।

लगानीयोग्य रकम अभाव हुनुको कारण बैङ्कहरूले अन्धाधुन्ध गरे भनेर म भन्दिनँ किनभने अहिले पनि बैङ्कहरूको एनपीए रेट हेर्ने हो भने राम्रै छ । तर लगानीको वृद्धिदर भने बढेकै हो । उदाहरणका लागि कुनै संस्थाले १ सय कोठाको होटल तीस वर्षदेखि चलाइरहेको थियो । अचानक उसले त्यहाँ ३ सय कोठा बढी थपिदियो । होटल ४ सय कोठाको भयो । उसले मार्केटिङदेखि कर्मचारीसम्म सबै चौगुणा बढाउनुपर्यो । बैङ्किङ क्षेत्रमा भएको पनि त्यही हो । २ अर्बको पुँजी बढेर ८ अर्बको भयो । २ अर्बको पुँजीमा ६० प्रतिशत लाभांश दिइराखेका थियौँ । सेयर मार्केटमै पनि बैङ्कको सेयर कति माथि पुगेको थियो । अचानक ८ अर्ब पुग्यो । सुरुवातमा लगानीकर्ताहरू पनि बोनस सेयर आयो भनेर खुसी नै भए । तर अब त्यसको रिटर्न खोइ त ?, २ अर्बमा वित्तीय संस्थाहरूले जति पैसा कमाइरहेका थिए, त्यो भन्दा बढी कमाइरहेका छन् तर त्यसले २ अर्बमा ३० प्रतिशत लाभांश दिइरहेको थियो भने ८ अर्बमा त्यसले १० प्रतिशत मात्र दिने भयो । त्यो कारणले गर्दा पनि लोनको वृद्धिदरमा अलिकति ‘ओभर हिटिङ’ भएको हो ।

लोनको माग

नेपालको राजनीतिक संरचनामा जुन परिवर्तन आयो, त्यसको मुख्य कारण भनेकै नेपालको आर्थिक उन्नति, आर्थिक वृद्धिदर, आर्थिक क्रान्ति जुन हुनुपर्ने थियो, पहिलेको संरचनाले भएन । संविधान नयाँ बन्यो, गणतन्त्र आयो र सातवटा प्रान्त बने । धार्मिक, जातीय र फरक–फरक राजनीतिक दृष्टिकोणका मानिसहरू भएर भएको पनि होइन । सिर्फ एउटा मात्र कारण देशको अर्थतन्त्रलाई कसरी अगाडि बढाउने भन्ने भएर हो  । अर्थतन्त्रलाई अगाडि बढाउने हाइड्रोदेखि सानो कलकारखाना खोल्न सय रूपैयाँ लाग्छ भने ७० रूपैयाँ बैङ्कको पैसा लोन लिएर जान्छ त्यहाँ । सातवटा प्रान्त बनिसकेपछि पहिले सिंहदरबारमा बस्ने शासकलाई उपत्यकाबाहिरको त्यति चासो थिएन होला । तर अब त स्थानीय निकायमा चुनावबाट चुनिएर आएका प्रतिनिधिहरू छन् । उनीहरूलाई त चासो छ । स्थानीय जनप्रतिनिधिहरूको दायित्व भनेको अब आफ्नो प्रदेशप्रति छ । आफ्नै प्रदेशको उन्नति कसरी गर्ने भन्नेतिर छ । त्यसका लागि कसैले हाइड्रोमा, कसैले कृषिमा, कसैले होटलमा लगानी गरे । जे–जेमा लगानी गरे पनि अब राम्रो हुन्छ भनेर निजी क्षेत्र एकदमै प्रोत्साहित भए र उनीहरू साना–ठूला प्रोजेक्टहरू लिएर बैङ्कमा आए । बैङ्कहरूको पनि पुँजी ८ अर्ब पुगेको छ, समय राम्रो छ भनेर लोन दियौँ । त्यस कारण यसलाई नकारात्मक रूपमा लिनुहुँदैन, यो सकारात्मक हो । यसलाई व्यवस्थापन गरौँ, नरोकौँ । व्यवस्थापना गरौँ भन्नाले बैङ्कहरूले पनि आफ्नो क्षमताअनुसार लेन्ड गरौँ । नेपाल सरकारले स्थानीय तहमा पैसा बैङ्कमा नै राख्ने भनिसकेको छ । त्यो खर्च गर्न सरकारलाई दुई–चार वर्ष नै समय लाग्छ होला । त्यहाँ अनेक नीतिगत काम गर्नुपर्ने होला ।

राष्ट्रिय लेबलमा पनि पैसा निजी क्षेत्रका बैङ्कहरूमा राख्ने भनियो भने कुरा सकिन्छ । मलाई लाग्छ, यो छिट्टै नै हुनेछ । त्यो पैसा खर्च गर्ने वा नगर्ने त्यो आफ्नो ठाउँमा छ । जस्तो– यदि कसैले बैङ्कमा राख्न छोडेर त्यो पैसा घरको घ्याम्पोमा राखेको भए के हुन्थ्यो ? पहिलो– असुरक्षित हुन्थ्यो, दोस्रो– व्याज आउँदैन थियो, तेस्रो– त्यो बचतले नेपालको अर्थतन्त्रमा केही योगदान नै दिँदैनथ्यो । तर त्यही पैसा बैङ्कमा लगेर राखेपछि पहिलो कुरा– सुरक्षित भयो, दोस्रो– व्याज आयो, तेस्रो– अर्थतन्त्रमा सकारात्मक प्रभाव पारिरहको छ । यही कुरा हामीले गाउँ–गाउँमा गएर वित्तीय साक्षरता भनेर बुझायौँ तर सिंहदरबारकाले बिर्सिए । अब उनीहरूले पनि यो कुरा बुझिसकेका छन् ।

लगानीमैत्री वातावरण र एफडीआई

विदेशबाट पैसा ल्याएर लगानी गर्न राष्ट्र बैङ्कले ढोका खोलिदिएको छ, अब सजिलै विदेशबाट पैसा आउँछ भन्ने भ्रम छ । तर सबैभन्दा पहिले ढोका खोल्यो भने बाहिर लामो लाइन छ भन्ने भ्रम हटाउनुपर्छ । ढोका खोल्नुहोस् अथवा निकालेरै फ्याँकिदिनुहोस् तर त्यहाँ कोही पनि छैन । नेपालमा विदेशीले लगानी किन गर्छ ? उसले नेपालको विकास गर्न लगानी गर्दैन । उसले भियतनाम, क्याम्बोडिया, लावस, केन्या, नाइजेरियामा लगानी गर्दा भन्दा कम जोखिम छ भने यहाँ लगानी गर्छ । विदेशीले आफ्नै विकासका लागि लगानी गर्छ । त्यो विकास गर्दागर्दै हाम्रो दुई–चारवटा हाइड्रो, कलकारखाना बन्यो भने त्यो साइड इफेक्ट हो । उनीहरू यहाँ आउने भनेको १ लाख डलर लगानी गरे भने १ लाख १५ हजार डलर कमाउँछु भनेर हो । तर विदेशी सहयोग खाँदा–खाँदा हाम्रो मनस्थिति नै आउँदा रमाउने अनि जाँदा थरथर काप्ने भयो । त्यो मनस्थिति हामीले हटाउनुपर्छ ।

सबैभन्दा पहिले ढोका खोल्यो भने बाहिर लामो लाइन छ भन्ने भ्रम हटाउनुपर्छ । ढोका खोल्नुहोस् अथवा निकालेरै फ्याँकिदिनुहोस् तर त्यहाँ कोही पनि छैन । नेपालमा विदेशीले लगानी किन गर्छ ?

कसैले यहाँ १ बिलियन डलर लगानी गर्छ भने हरेक वर्ष उसले सयौँ मिलियन डलरको लाभांश लिएर जान्छ । हरेक वर्ष लाभांश लिएर जाने बेलामा सरकारै हल्लिने, देशको अर्थतन्त्र नै हल्लिने हो भने त्यो ल्याउँदै नल्याऊँ । छाती ठूलो छ र हामीले थाम्न सक्छौँ भने ल्याऊँ । सानो–सानो लगानी भनेको आई नै रहेको छ । हाइड्रोमा सयौँ मिलियन डलर, ट्रान्समिसन लाइन बनाउन बिलियन डलर आउला । सिँचाइ, हाइवे, टोल रोड बनाइदेला । त्यो बनाएर उसले पैसा विदेश लिएर जान्छ । पैसा लिएर जाने बेला ओहो भनेर हुँदैन । एउटा संस्थाले लिएर गइरहेको छ । हरेक वर्ष त्यस संस्थालाई टेन्सन हुन्छ । तर एफडीआई भनेकै त्यहीँ हो । हामीले पैसा बाहिर नजाओस् भनेर एफडीआई बन्द गर्न पनि सक्दैनौँ । त्यो ग¥यो भने नेपालको विकास नै हुँदैन । साउथ कोरिया, जापान अथवा कुनै पनि देशको रफ्तारमा विकास भएको छ भने विदेशी लगानीबाट नै सम्भव भएको हो । विदेशीहरूले धेरै लाभांश लगे पनि देशको विकास भएको छ । नेपाल पनि त्यही बाटोमा लाग्ने हो भने त्यो सही निर्णय हुने छ । त्यसको लागि सानो लगानी होइन, ठूला–ठूला लगानी नै आउन दिनुपर्छ ।

अर्को यहाँको जुन प्रक्रिया छ, त्यो नेपाली व्यवसायीहरूलाई त धान्न गाह्रो छ भने विदेशी किन आउँछन् ? इथियोपिया भन्ने देशमा म लगानी गर्छु भनेर इमेल पठायो भने उनीहरूले एउटा इन्भिटेसन पठाउँछन् । इन्भिटेसनपछि जाँदा उनीहरू एयरपोर्टमा पिकअप गर्न आउँछन् । सम्बन्धित मन्त्रालयमा लगेर चौबीस घन्टाभित्र आवश्यक पर्ने लाइसेन्स दिन्छन् । पैसा कहिले लिएर आउनुहुन्छ भनेर सोध्छ । केही बैना रकम पहिले नै पठाइदिनुपर्छ । दश वर्षको लागि मल्टिपल भिजा दिन्छ तर यहाँ के हुन्छ ? पुँजी लगानी गर्न नेपाल मात्र देश छ र ? नेपालभन्दा धेरै रिटर्न दिने, धेरै सुविधा र कम जोखिम भएका देश छन् । हामीले ढोका खोलेर किन आएन भन्ने होइन कि घिसारेर कसरी ल्याउने, कसरी आकर्षित गर्ने भनेर सोच्नुपर्छ । जो नेपालमा लगानी गर्न आएको छ, उसले यहाँ लगानी गर्ने अन्यलाई कस्तो छ भनेर जानकारी लिन खोज्छ । कुनै नेपालमा लगानी गरिरहेको विदेशी कम्पनीसँग नयाँ लगानीकर्ताहरूले हाम्रो देशको बारेमा बुझ्न खोजे भने उहाँहरूले यो त गज्जबको देश हो भन्छ होला ? त्यो भन्ने गराउन त यहाँको संरचना र वातावरण नै त्यस्तो बनाउन सक्नुपर्छ । त्यो भएपछि बल्ल नेपालमा एफडीआई आउँछ ।

अबको ध्यान एसएमई र मिड कोअपरेट

नबिल बैङ्कको यो वर्षको वृद्धि एकदमै राम्रो छ । लोन र डिपोजिट दुवैको वृद्धि राम्रो छ । हामीले गएको वर्षमा २२ वटा शाखा खोल्यौँ । १२ वटा अति दुर्गम र अर्को १० वटा दुर्गममा खोल्यौँ । यो वर्ष ६ वटाजति शाखा खोल्छौँ होला । त्यो सहरी क्षेत्रमै हुन्छ । त्यसपछि अर्को वर्ष भने अलि बढी नै शाखा खोल्ने योजना छ । हामी कन्सोलिडेसनमा गएका छौँ । हाम्रो फोकस बिजनेस ग्रोथमा भएको छ  । हामी प्रोफिट्याबिलिटीमा नम्बर वान भए पनि अन्य बैङ्कहरूको लोन, डिपोजिटको वृद्धिदर हाम्रो भन्दा धेरै माथि भएको हुनाले हामीले क्याचअप खेल्नु परिरहेको छ । त्यही भएर हामीले लोन वृद्धिदर र डिपोजिटमा फोकस गरिरहेका छौँ ।

 

हामीले व्यक्तिगत डिपोजिटलाई फोकस गरिरहेका छौँ । मुद्धति निक्षेप होस् या बचत खाता होस्, कसरी हुन्छ व्यक्तिगत डिपोजिटलाई लक्षित गरेर १३ घातक रोगको बीमा पोलिसी ल्याएका छौँ । कसरी हुन्छ थोपा–थोपाबाटै बाल्टिन भरौँ भन्ने छ । त्यो राम्रोसँग गइरहेको छ । डिपोजिट रेटको अमाउन्ट पनि बढिरहेको छ ।

हामीले व्यक्तिगत डिपोजिटलाई फोकस गरिरहेका छौँ । मुद्धति निक्षेप होस् या बचत खाता होस्, कसरी हुन्छ व्यक्तिगत डिपोजिटलाई लक्षित गरेर १३ घातक रोगको बीमा पोलिसी ल्याएका छौँ । कसरी हुन्छ थोपा–थोपाबाटै बाल्टिन भरौँ भन्ने छ । त्यो राम्रोसँग गइरहेको छ । डिपोजिट रेटको अमाउन्ट पनि बढिरहेको छ । लोनमा हामी एसएमई र मिड कोअपरेटमा फोकस गरिरहेका छौँ । ठूला–ठूला कर्पोरेटहरूमा हाम्रा धेरै कष्टोमरहरू छँदै नै छन् । कसरी हुन्छ, साना तथा मध्यम वर्गका इन्टप्राइजेहरू हुन्, जुन ‘क’ ‘ख’ ‘ग’ वर्गमा पनि गरिराख्नुभएको छ । उहाँहरूलाई कसरी अकर्षित गर्ने ? धेरैले त बैङ्किङ नै पनि गरेका छैनन् । उनीहरूलाई कसरी आकर्षित गर्ने ? हाम्रो फोकस त्यतातिर छ ।
टप लाइन, बटम लाइन ग्रोथ अहिले पनि सन्तोषजनक नै छ । एजीएम पनि छिट्टै नै गर्छौं होला । हामी एनएफआरएसमा गएको कारणले गर्दा एजीएम ढिलो भएको हो । एनएफआरएसमा गएपछि व्यालेन्स सिटहरू अप्रुभ हुन समय लाग्यो । अब त्यो सबै अप्रुभ भइसकेको छ । अब छिट्टै नै हाम्रो एजीएम पनि हुन्छ । त्यस कारण यो हाफ एयरमा बैङ्कले राम्रै गरेको छ । फरेन करेन्सी लोनको २ प्रतिशतको क्याप, बेस रेट घटाउने भन्ने सर्कुलरहरू आएको छ । यो सबैले गर्दा आउने ६ महिना चुनौतीले भरिपूर्ण हुन्छ जस्तो लागेको छ । तर नबिलको टिम राम्रो छ । नबिलको टिममा जति अनुभव कुनै टिममा पनि छैन जस्तो लाग्छ मलाई । त्यस कारण जति चुनौती आए पनि फेस गर्दै हामी अगाडि बढ्ने छौँ ।

नबिलमा मेरो भूमिका

मेगामा जानुअगाडि म नबिलकै सीईओ थिएँ । त्यो बेला हाम्रो बैङ्कको लक्ष्य नम्बर १ हुने थियो । नम्बर वान नभएको २० वर्ष भइसकेको थियो । हामी सबै जना लाग्यौँ । बोर्डले समर्थन गर्यो । हामी नम्बर वान भयौँ । आजसम्म पनि त्यही नम्बर वान चलिरहेको छ । हामी ३५ वर्ष लाग्न लागेका छौँ । नबिल बैङ्कले गर्दै आएको काम हामी राम्रोसँग त गर्छौं नै, नयाँ गणतान्त्रिक नेपालमा वित्तीय क्षेत्रको योगदान के हुनुपर्छ । जस्तो– अहिले राष्ट्र बैङ्कले प्रान्तीय अफिस खोल्नुपर्छ भनेको छ । तर राष्ट्र बैङ्कले भन्नुभन्दा अगाडि नै हामीले प्रान्तीय अफिस खोलिसकेका थियौँ । अब जसरी राजनीतिक विकेन्द्रीकरण भएको छ, आर्थिक विकेन्द्रीकरणलाई पनि हामी प्रोत्साहन गर्छौं । हरेक प्रान्तमा के आवश्यक छ, त्यो अनुसार हामी प्रान्तीय संरचनामा आधिकारिक प्रतिनिधि पठाउँछौं । उनीहरूले त्यहाँको मुख्यमन्त्री, अर्थमन्त्रीसँग बसेर प्रान्तलाई कसरी विकास गर्ने, त्यसलाई वित्तीय संस्थाहरूले कसरी सहयोग गर्ने भन्ने छलफल गर्नेछन् ।

आज मैले राम्रो जनशक्ति आकर्षित गर्न सकेँ भने त्यसको पूरा फल मैले खान पाउँदिन होला तर १५ वर्षपछि यो संस्थाले त्यो पक्कै खान्छ ।

राजनीतिक सोचमा परिवर्तन आइरहेको छ । आर्थिक मुद्दाहरूले पहिलो स्थान पाइरहेका छन् । यस बेला नबिल बैङ्कले पनि नम्बर वान बैङ्क भएर नम्बर वान भनेको सबैभन्दा ठूलो व्यालेन्स सिट, सबैभन्दा ठूलो नाफा मात्र होइन, सबैभन्दा ठूलो भनेको नबिल बैङ्कको विश्वास हो । आज पनि हाम्रा ग्राहकहरूले त्यहाँ ढुक्क हुन सकिन्छ भन्नुहुन्छ । त्यो विश्वासलाई कायम राखेर नेपालको प्रान्तीय आर्थिक उन्नतिमा कसरी योगदान दिन सक्छौँ, त्यसमा हाम्रो ठूलो रोल हुनेछ । त्यो सँगसँगै बिजनेस ग्रोथमा यही किसिमले पहिले जे गरिरहेका थियौँ, त्यही मात्र गरिरह्यौँ भने नबिल नम्बर वान हुँदैन । बिजनेस ग्रोथ र सोचमा परिवर्तन लिएर आउने । परिवर्तित सोचको कार्यान्वयन गरेर ग्रोथ मात्र होइन, राइट ग्रोथ अर्थात् डिपोजिटको ग्रोथ गर्ने हो । संस्थागत डिपोजिट मात्र लिएर ग्रोथ गर्ने होइन । संस्थागत डिपोजिट पनि लिन्छौँ । सँगसँगै व्यक्तिगत डिपोजिटरलाई पनि हामी आकर्षित गर्छौं । खाता खोल्नुहोस्, पैसा राख्नुहोस्, बचत गर्नुहोस्, बीमा गर्नुहोस् । अर्कोतिर लोनमा एसएमई र मिड कोअपरेटमा फोकस गर्दर्छौं, ताकि नेपालको अर्थतन्त्रको ढाड हेर्नुहुन्छ भने यो ठूला–ठूला कम्पनी होइन । नेपालमा ठूला–ठूला कम्पनी कति छन् ? हात तानेर भन्यो भने २ हजार होला । तर हाम्रो सानो तथा मध्यम इन्टरप्राइजेजहरू १०औँ लाखमा जान्छ । हरेक घरको मुनि एउटा सानो दोकान, एउटा रेष्टुरेन्ट हुन्छ । मेरो टार्गेट मार्केट भनेकै त्यही हो । त्यतातिर हाम्रो फोकस हुन्छ ।

नेपालको अर्थतन्त्रको ढाड हेर्नुहुन्छ भने यो ठूला–ठूला कम्पनी होइन । नेपालमा ठूला–ठूला कम्पनी कति छन् ? हात तानेर भन्यो भने २ हजार होला । तर हाम्रो सानो तथा मध्यम इन्टरप्राइजेजहरू १०औँ लाखमा जान्छ । हरेक घरको मुनि एउटा सानो दोकान, एउटा रेष्टुरेन्ट हुन्छ । मेरो टार्गेट मार्केट भनेकै त्यही हो । त्यतातिर हाम्रो फोकस हुन्छ ।

नबिल बैङ्कको सबैभन्दा ठूलो स्ट्रेन्थ भनेको नबिलको टिम हो । यो टिममा ३० वर्ष काम गरेका धेरै छन् तर भोलिको टिम बनाउन सबैभन्दा राम्रो नेपाली युवाहरूलाई यहाँ आकर्षित गर्नु मेरो एउटा मुख्य टार्गेट त्यो पनि हो । ताकि एमबीए बीबीए, एमबीएस गरेकाको जागिर खाने पहिलो रोजाइ नबिल बैङ्क होस् । आज मैले सबैभन्दा राम्रो लिन सकेँ भने यो बेञ्चमा त सधैँ म बस्ने होइन । मेरो सिनियर म्यानेजमेन्ट पनि सधैँ बस्ने होइन । हामी नेपाली अरूले रोपेको सुन्तलाको बोटमा गएर सुन्तला टिप्छौँ अनि विश्लेषण गर्छौं– यसको बोक्रा अलि मोटो रहेछ, अलि तीतो रहेछ । तर कति नेपालीले सुन्तलाको बोट रोपेको छ ? संस्था राम्रो बनाउनु छ भने आज मात्र राम्रो बनाएर हुँदैन । भोलि–पर्सि कसरी राम्रो बनाउने भन्नेतिर ध्यान दिनुपर्छ । आज मैले राम्रो जनशक्ति आकर्षित गर्न सकेँ भने त्यसको पूरा फल मैले खान पाउँदिन होला तर १५ वर्षपछि यो संस्थाले त्यो पक्कै खान्छ । त्यो बेला त्यो फल मीठो होस् र मान्छेले भनोस् न, त्यो बेला मैले जोइन गरेको नबिलको व्याच गज्जब रहेछ । त्यही मेहनत पहिलेका नबिलियनहरूले गरेको भएर त्यो फल हामीले अहिले खाइरहेका छौँ । त्यस कारण त्यो विज रोप्ने काममा निश्चय नै म लाग्ने छु । समयबोध म्यागेजिनबाट

प्रतिक्रिया

सम्बन्धित सामाग्री