शुक्रबार, ७ वैशाख २०८१

गृहजिल्ला रुकुम पुगेर ऊर्जामन्त्री शर्माले भने ‘मुलुकमा विद्युत क्रान्ति शुरु भयो’ 

समयपोष्ट २०७३ फागुन १३ गते ४:३६

ऊर्जामन्त्री जनार्दन शर्मा प्रभाकरले मुलुकमा बिद्युत क्रान्तिको शुरुवात भएको बताएका छन् । विहीवार रुकुममा शुरु भएको मध्यपश्चिमाञ्चल रुकुम महोत्सवलाई सम्बोधन गर्दै मन्त्री शर्माले बिद्युत क्रान्तिको युग शुरु भएको बताएका हुन् । 
‘नेपालको पानी जनताको लगानी कार्यक्रम मार्फत नेपालमा विद्युत क्रान्तिको शुरुवात भएको छ, यो क्रान्तिले समृद्ध नेपालको निर्माणमा महत्वपूर्ण भूमिका खेल्नेछ, उनले भने  ‘औद्योगिकरण र  समृद्धिको पहिलो आधार भनेको बिद्युत हो ।’
ऊर्जा मन्त्रालयबाट अहिले जेजति काम भएको छ त्यसको प्रेरणाको श्रोत आफुलाई चनाव जिताएर पठाउने रुकुमेली जनताको भागमा पर्ने भन्दै उनले प्रधानमन्त्रीको प्रत्यक्ष निर्देशनमा काम गरिरहेको जानकारी दिए । ‘रुकुम जिल्लाका जनताले भ्रष्टाचार अन्त्यको लागि मलाई मन्त्री बनाएका हुन, देशलाई उज्यालो बनाउन पठाएका हुन, मेरो पुरुषार्थ र बहादुरीले काम गरेको होइन कि जनताको अपार माया र प्रेरणाले मलाई काम गर्ने ऊर्जा दिएको हो, उनले भने ।
इतिहाँसमा पहिलो पटक ऊर्जामन्त्रालय र विद्युत प्राधिकरणका कर्मचारीलाई ठाँउ ठाँउमा अभिनन्दन गरिरहेको भन्दै उनले त्यस्तो परिस्थतिको निर्माण गर्न सकिएकोमा सन्तोष व्यक्त गरे । 
रुकुम जिल्लामा शुरु गरिएको रुकुम उज्यालो कार्यक्रमकै जगमा आफुले उज्यालो नेपाल अभियान शुरु गरेको प्रसंग उल्लेख गर्दै मन्त्री शर्माले उज्यालो नेपाल अभियान राष्ट्रलाई समृद्ध बनाउने अभियान भएको तर्क गरे । 
रुकुममा मात्र ३ हजार ६ सय गिगावाट विद्युत उत्पादन क्षमता रहेको भन्दै उनले सानीभेरी नदीमा उत्तरगंगा, भेरी वान र जगदुल्ला जलविद्युत आयोजना सरकारी स्तरबाटै अगाडि बढाइने प्रतिवद्धता व्यक्त गरे । 

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री