शुक्रबार, १४ वैशाख २०८१

किन रोकियो स्ट्यान्डर्ड चाटर्डले जारी गर्न लागेको एफपिओ

समयपोष्ट २०७३ फागुन ३ गते ११:१२

स्ट्यान्डर्ड चाटर्ड बैंकले जारी गर्ने भनिएको एफपीओ तत्कालका लागि स्थगित गरिएको छ । नेपाल धितोपत्र वोर्डले बजारमा तरलता अभाव भएकाले एफपीओ जारी हुँदा झन् समस्या बिकराल हुनसक्ने भन्दै तत्काल एफपीओ जारी नगर्न निर्देशन दिएको हो । वोर्डले हिजो मात्र एफपिओ जारी गर्न बैंकलाई अनुमति दिएको थियो । बैंकले १२ सय ९० रुपैयाँका दरले शेयर निष्कासन गर्न अनुमति पाएको थियो । बैंकले प्रमियम मूल्यमा २५ लाख ५८ हजार १४० कित्ता शेयर जारी गर्ने तयारी गरिरहेको थियो । अब केही समयका लागि निस्कासन स्थगित भएको छ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री