शुक्रबार, १४ वैशाख २०८१

कुमारी बैंकले पायो  ५० प्रतिशत हकप्रद निष्काशनका लागि स्वीकृति 

समयपोष्ट २०७३ फागुन १ गते १२:५९

नेपाल धितोपत्र बोर्डले कुमारी बैंकलाई ५० प्रतिशत हकप्रद निष्काशन गर्नका लागि स्वीकृति दिएको छ । बोर्डले बैंकलाई एक सय रुपैंया अंकित दरमा हाल कायम चुक्ता पूँजीको ५० प्रतिशतले हुने एक करोड ३४ लाख ९५ हजार आठ सय ३२ कित्ता हकप्रद निष्काशनको अनुमति दिएको हो ।
हाल बैंकको २ अर्ब ६९ करोड ९१ लाख रुपैयाँ चुक्तापूँजी रहेको छ । पचास प्रतिशत हकप्रद वितरण गरेपछि बैंकको पूँजी चार अर्ब चार करोड रुपैयाँ पुग्नेछ । बैंकले गत आर्थिक वर्षको कमाईबाट २१ प्रतिशत बोनस सेयर बितरणको प्रस्ताव पनि गरिसकेको छ । बोनस बितरण पश्चात बैंकको चुक्ता पूँजी तीन अर्ब २६ करोड ५९ लाख रुपैंया पुग्ने छ । हकप्रद निष्काशन पछि बैंकको चुक्ता पूँजी चार अर्ब ६१ करोड ५४ लाख ९४ हजार रुपैंया पुग्नेछ ।
साथै एनसीसी बैंकसँग मर्ज भाँडेर आफै आठ अर्ब चुक्ता पूँजी पुर्याउन कस्सिएको कुमारीले काष्ठमण्डप, महाकाली, काँक्रेबिहार विकास बैंक र पश्चिमाञ्चल फाइनान्सलाई एक्वायर गर्ने सम्झौता गरिसकेको छ । यी ४ वटा संस्थालाई एक्वायर गरेपछि कुमारी बैंकको चुक्ता पुँजी ६ अर्ब रुपैयाँ नाघ्नेछ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री