मंगलबार, ११ वैशाख २०८१

तीन दिने विकास पत्रकारिता तालिम सम्पन्न,पेशागत दक्षताबीना पत्रकारितामा टिकिरहन अव नसकिने

समयपोष्ट २०७३ माघ २६ गते ११:३५

नेपाल पत्रकार महासघ ललितपुरले तीन दिने विकास पत्रकारिता तालिम सम्पन्न गरेको छ । सोमवारबाट शुरु भइ आज सम्पन्न तालिममा ५५ जना क्रियाशिल पत्रकारलाई बिभिन्न बिधामा तालिम दिइएको हो । 
जिल्ला विकास समिति ललितपुरको सहयोगमा सञ्चालित उक्त तालिमको पहिलो दिन नेपाल पत्रकार महासंघका महासचिव उजिर मगरले विकास पत्रकारिता र मिरा राजभण्डारीले मिडियामा लैगिक समानताको बिषयमा तालिम दिएका थिए । तालिमको दोस्रो दिन मंगलवार मिडिया कानुन तथा पत्रकार आचार संहिताबारे सचिन रोका, पत्रकारितामा भाषाबारे प्रभुनारायण बस्नेत र खोज पत्रकारिताबारे खोज पत्रकारिता केन्द्रका सम्पादक शिव गाउँलेले तालिम दिएका थिए । 
अन्तिम दिन आज अनलाइन पत्रकारिताबारे अनलाइन पत्रकार संघका अध्यक्ष प्रवेश सुवेदी र बिकास संचारबारे शिरोमणी ढुङगानाले तालिम दिएका थिए । 
तालिम उदघाटन समारोहलाई संबोधन गर्दै नेपाल पत्रकार महासंघका महासचिव उजिर मगरले पत्रकारको व्यवसायीक बिकासबाटै प्रेस स्वतन्त्रताको रक्षा गर्न सकिने बताए । पत्रकार महासंघ पत्रकारको क्षेमता अभिबृद्धिको लागि क्रियाशिल रहेको भन्दै उनले व्यवसायिक मुल्य मान्यता सहितको व्यवसायिक पत्रकारिताको बिकासमा जोड दिए । ‘सिकेको कुरा ब्यबहारमा उतार्नु पर्छ , उनले भने ‘जानेको कुरा लेख्नै पर्छ तर पत्रकार तथ्य र सत्यको नजिक रहेर बिश्वशनिए पत्रकारिता गर्नु पर्छ ।’ ललितपुर जिल्ला उपत्यका भए पनि यसका दुर्गम गाउमा हुन नसकेको बिकास बारेमा समाचार बन्न नसकेकोमा उनले गुनासो गरे ।
3

Advertisement

ललितपुर जिल्ला बिकास समितिका स्थानिय बिकास अधिकारी हरि प्रसाद दाहालले पत्रकार महासङ्घले गरेको तालिम राम्रो भएको बताए । उनले पत्रकारले दिएको सुचना अनुसारनै  काम गर्ने गरेको भन्दै जिल्लाको बिकासका लागि जिबिस लागिपरेको बताए । उनले भने–‘हामी जिल्लालाइ बिकासले पुर्न बनाउन चाहन्छौ । तर कमजोरी भएको भए खबर पाउ सुधार्छौ ।’
नेपाल पत्रकार महासंघ ललितपुर अध्यक्ष लेखनाथ न्यौपानेले अव पेशागत दक्षताबीना पत्रकारितामा टिकिरहन नसकिने भएकाले तालिमको आयोजना गरेको बताए । ‘अहिले न्यु मिडियाको प्रवेश संगै नागरिक पत्रकारिताको शुरुवात आएको छ,’ उनले भने ‘ यस्तो बेला पत्रकारितालाई नै व्यवसाय बनाएकाहरुले आफ्नो व्यसायिक क्षेमता तिखारिएन भने पत्रकारितामा पेशामा नै टिक्न गारहो छ ।’ उनले तालिममा सहभागीहरुलाई सिकेको कुरा व्यवहारमा उतार्न आग्रह गरे । 
महासंघ जिल्ला शाखाका सस्थापक अध्यक्ष धर्मरत्न शाक्यले सहभागीहरुलाई प्रमाणपत्र बितरण गरेका थिए । 

2

प्रतिक्रिया

सम्बन्धित सामाग्री