शुक्रबार, १४ वैशाख २०८१

नेपालमै पहिलोअन्तर्राष्ट्रिय कृषि प्रदर्शनी हुँदै

समयपोष्ट २०७३ माघ २४ गते २:५४

नेपालमा पहिलो पटक बृहद अन्तर्राष्ट्रिय कृषि प्रदर्शनीको आयोजना हुने भएको छ । कृषि क्षेत्रको व्यवसायिक बिकास गर्ने उद्देश्यले आउँदो फागुन ६ देखी ८ गते सम्म भृकुडीमण्डपमा प्रदर्शनीको आयोजना हुने भएको हो ।

Advertisement

प्रदर्शनीमा पशुपंक्षी बिकास मन्त्रालय, कृषि उद्यम केन्द्र, आर एण्ड डि इनोभेटिभ सोलुसन र नेपाल कृषि सहकारी केन्द्रिय संघ सहयोगीको रुपमा रहने छन् ।

प्रदर्शनीमा नेपाल, भारत, मलेसीया, चीन, ताइवान, इटाली, इजराइल, बंगलादेश, जर्मनी, बेलजियम, नेदरल्याण्डसहित १६ देशका २ सय भन्दा बढी स्टलको सहभागीता रहने आयोजकले जनाएको छ ।  

 आयोजकका अनुसार  प्रदर्शनीमा आधुनिक कृषि यन्त्र तथा उपकरणहरु, आधुनिक खेती प्रणाली, डेरी उद्योग, मत्स्यपालन उद्योग, पोल्ट्री उद्योग एवं पशुपालन उद्योग सम्बन्धी विभिन्न प्रविधिहरुको प्रदर्शनी हुने छ भने कृषि, पशु-पालन तथा डेरी सम्बन्धी विभिन्न प्राविधिक गोष्ठीहरु पनि संचालन गरिने छ ।

 कृषि विकास मन्त्रालय, कृषि ईन्जिनीयरिङ निर्देशनालय, मिडिया स्पेश सोलुसन, फ्युचरेक्स इन्डिया र कृषि मेसिनरी व्यवसायी संघको संयुक्त आयोजनामा हुन लागेको प्रदर्शनीमा कृषिक्षेत्रलाई सहज र किफायती बनाउन मद्दत पुर्याउने साना औजार, मेसिनदेखि कृषि, डेरी तथा पशुपंक्षीपालन उद्योगमा प्रयोग हुने ठूला ठूला उपकरणहरुको प्रदर्शनी गरिने छ भने डेमो पनि देखाइने छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री