बिहीबार, १५ चैत २०८०

नेपाल एसबिआर्इ बैंकको नाफा बृद्धि

समयपोष्ट २०७३ माघ २४ गते १:५८

नेपाल एसबिआर्इ बैंकले यसै आर्थिक वर्षकोको दोस्रो त्रैमासमा ७५ करोड ८७ लाख रुपैयाँ नाफा गरेको छ । बैंकले अघिल्लो वर्षको सोहि अवधिमा ६२ करोड ३९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । ७७ अर्ब ५९ करोड ९३ लाख रुपैयाँ  निक्षेप संकलन गरेको बैंकले ५९ अर्ब ७७ करोड २३ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको चुक्तापुँजी ३ अर्ब ८८ करोड ३७ लाख रुपैयाँ रहेको छ । बैंकले जगेडाकोषमा ३ अर्ब ८५ करोड २७ लाख रुपैयाँ राखेको छ । बैंकले  खुद व्याज आम्दानी १ अर्ब ४५ करोड १३ लाख रुपैयाँ  गरेको गरेको छ ।  संचालन मुनाफा  १ अर्ब १६ करोड ४६ लाख रुपैयाँ पुर्याएको  बैंकले १५ करोड ९३ लाख रुपैयाँ प्रोभिजनमा राखेको छ भने २ करोड ६८ लाख रुपैयाँ राइटव्याक गरेको छ । ०.१२ प्रतिशत खराब कर्जा रहेको बैंकको प्रतिशेयर आम्दानी ३९.०७ रुपैयाँ रहेको छ । बैंकको प्रति सेयर नेटवर्थ १ सय ९९ दशमलव २० रुपैयाँ रहेको छ । 

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री