शनिबार, ८ वैशाख २०८१

दोस्रो त्रैमासमा बैंक अफ काठमाडौं लुम्बिनीको नाफा ६० करोड १४ लाख

समयपोष्ट २०७३ माघ २० गते ४:२८

बैंक अफ काठमाडौं लुम्बिनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा  ६० करोड १४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

Advertisement

बैंकले गत आवको सोहि अवधिमा ३२ करोड ९१ लाख रुपैयाँ रहेको थियो । यो अवधिमा बैंकले एक अर्ब ३० करोड ९८ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । अघिल्लो आवको सोहि अवधिमा ६९ करोड ७१ लाख रुपैयाँ रहेको थियो ।

पाँच अर्ब ६२ करोड ९५ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा दुई अर्ब ७५ करोड २६ लाख रुपैयाँ रहेको छ । ७० अर्ब सात लाख रुपैयाँ निक्षेप संकलन गरेको बैंकले यो अवधिमा ६२ अर्ब ७८ करोड ८९ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । प्रतिसेयर आम्दानी (वार्षिकीकरण) २१ रुपैयाँ ३७ पैसा छ रहेको बैंकको प्रतिसेयर नेटवर्थ १४८ रुपैयाँ ५७ पैसा रहेको छ भने  बैंकको खराब कर्जा १.५१ प्रतिशत रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री