शुक्रबार, १४ वैशाख २०८१

एनसीसी बैंकले सञ्चालनमा ल्यायो उत्सव बचत खाता ,६.५ प्रतिशत ब्याज दिने

समयपोष्ट २०७३ माघ १९ गते ६:५०

नेपाल क्रेडिट एण्ड कमर्स बैंकले  २० औं वार्षिकोत्सवको अवसर पारेर एनसीसी उत्सव बचत खाता सञ्चालनमा ल्याएको छ । वार्षिक ६.५ प्रतिशत ब्याज दिने गरी सञ्चालनमा ल्याएको यस  खातामा डेबिट कार्ड निःशुल्क प्रदान गरिने बैंकले जनाएको छ । बैंकका अनुसार एनसीसीको ९६ वटै शाखाहरुबाट निःशुल्क रुपमा अन्तर शाखा कारोबार गर्न पनि सकिने छ । इन्फ्रास्ट्रक्चर, एपेक्स, सुप्रिम र इन्टरनेशनल डेभलपमेण्ट बैंक गाभिएर बनेको बैंकले निक्षेपकर्ताहरुको लागि १० हजारसम्मको निःशुल्क औषधोपचार बीमा गर्ने समेत जनाएको छ । बैंकले १ सय २० दिनको मुद्दती खाता खोल्ने ग्राहकलाई वार्षिक १२ प्रतिशत ब्याज दिने गरी नयाँ मुद्दती खाता पनि ल्याई सकेको छ ।

Advertisement

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री