शिवम् सिमेन्ट्स लिमिटेड सम्मानित
शिवम् सिमेन्ट्स लिमिटेडले उत्पादनमूलक वर्गीकरण कम्पनीहरू मध्ये उत्कृष्ट छनोट भई सम्मानित भएको छ।
मिति २०८१ फागुन १३ गते काठमाडौंमा आयोजित एक विशेष कार्यक्रममार्फत शिवम् सिमेन्ट्सलाई यो सम्मान प्रदान गरिएको हो। उक्त कार्यक्रममा विभिन्न विधामा फरक-फरक कम्पनी तथा संस्थाहरूलाई अवार्ड वितरण गरिएको थियो, जसमा शिवम् सिमेन्ट्सले उत्पादनमूलक उद्योगको उत्कृष्टताको कदरस्वरूप अवार्ड प्राप्त गरेको छ।
यसअघि पनि शिवम् सिमेन्ट्सले विभिन्न अवार्डहरूबाट सम्मानित भइसकेको इतिहास छ। नेपालको केन्द्र भाग हेटौँडामा स्थापित यो सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधियुक्त प्लान्टबाट आफ्नै चुनढुङ्गाको प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर तथा ४३ र ५३ ग्रेडको ओ.पि.सि. सिमेन्ट उत्पादन र बिक्री वितरण गर्दै आइरहेको छ।
शिवम् ओ.पि.सि. सिमेन्टले देशका राष्ट्रिय गौरवका योजना, ठूला-ठूला परियोजना र अन्य संरचना निर्माणमा लामो समयदेखि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। उच्च गुणस्तर, निःशुल्क प्राविधिक सेवा र ग्राहकको विश्वासका कारण यो सिमेन्ट बजारमा अत्याधिक रुचाइएको र भरपर्दो ब्रान्ड बन्न सफल भएको छ।
नेपाल गुणस्तर चिन्ह ५७२, ४९ लगायतका प्रमाणीकरण प्राप्त यो सिमेन्ट उद्योगले विभिन्न असहज परिस्थितिमा पनि देशको भौतिक विकास निर्माणमा निरन्तर सेवा र सुविधा प्रदान गर्दै आएको छ। ग्राहकको पहिलो रोजाइको रूपमा स्थापित शिवम् सिमेन्टले आगामी दिनमा पनि आफ्नो उत्कृष्टता कायम राख्ने प्रतिबद्धता व्यक्त गरेको छ।
प्रतिक्रिया