बुधबार, ३२ असार २०८२

पाथीभरा केबलकार प्रकरण: प्रहरी र आन्दोलनकारीबिच झडप, दुई जना घाइते

समयपोष्ट २०८१ फागुन १० गते २१:०१


ताप्लेजुङको फुङलिङमा निर्माणाधीन केबलकार परियोजनालाई लिएर स्थानीय आन्दोलनकारी र सुरक्षाकर्मीबिच झडप हुँदा दुई जना गम्भीर घाइते भएका छन्।

Advertisement

झडपका क्रममा धरान बस्ने एके दर्नाल र लेलेप बस्ने केसिङ कुमार लिम्बू गम्भीर घाइते भएका छन्।

उनीहरूलाई उपचारका लागि ताप्लेजुङको तमर अस्पतालमा भर्ना गरिएको छ।

राँके जुलुसमा उत्रिएका आन्दोलनकारीलाई प्रहरीले नियन्त्रणमा लिने प्रयास गरेपछि झडप भएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री