आइतबार, २ कार्तिक २०८२

नेपालमा एमसीसीका सबै परियोजना स्थगित

समयपोष्ट २०८१ फागुन ६ गते २०:२५

Advertisement

अमेरिकी सहायता संस्था मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) द्वारा नेपालमा सञ्चालित परियोजनाहरू स्थगित भएका छन्।

दोस्रो कार्यकालका लागि अमेरिकी राष्ट्रपति बनेका डोनाल्ड ट्रम्पले सम्पूर्ण वैदेशिक सहायता ९० दिनसम्मका लागि रोक्ने कार्यकारी आदेश जारी गरेपछि नेपालमा एमसीसी फन्डबाट सञ्चालित आयोजनाहरू प्रभावित भएका हुन्।

मंगलबार अर्थ मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै कार्यकारी आदेशअनुसार एमसीसी परियोजनाहरूको भुक्तानी र कार्यान्वयन तत्काल रोकिएको जानकारी दिएको छ। यसअघि, अमेरिकी सहायता नियोग युएसएड (USAID)सँग सम्बन्धित परियोजनाहरू पनि स्थगित भइसकेका थिए।

प्रतिक्रिया

सम्बन्धित सामाग्री