सरकारले स्टार्टअप उद्यमलाई २५ लाखसम्मको सहुलियतपूर्ण कर्जा प्रदान गरिरहेको छ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा लगानीको वातावरण निर्माण गरी रोजगारी सिर्जना गर्न कानुनी तथा संस्थागत सुधारको लागि सरकारले निरन्तर काम गरिरहेको बताउनुभएको छ ।

Advertisement

प्रतिनिभिसभाको आजको बैठकमा सांसद्हरुले सोधेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले बेरोजगार युवालाई रोजगारीको अवसर प्रदान गर्न उत्पादन, उत्पादकत्व र रोजगारी अभिवृद्धि हुने खालका कार्यक्रमलाई प्राथमिकता दिई सोही बमोजिम सबै काम अगाडि बढाइएको बताउनुभयो ।

“देशभित्र रोजगारीका अवसर सिर्जना गर्नका लागि स्टार्टअप उद्यमलाई रु २५ लाखसम्मको सहुलियतपूर्ण कर्जा प्रदान गरिरहेको छ । चालु आर्थिक वर्षमा यस कार्यक्रमबाट एक हजार जनाले सहुलियतपूर्ण कर्जा प्राप्त गर्नेगरी काम गरिरहेका छन्”, प्रधानमन्त्री ओलीले भन्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री