सोमबार, २३ असार २०८२

भायानेटद्वारा श्री देवकोटा आधारभूत विद्यालयलाई सहयोग

समयपोष्ट २०८१ माघ २४ गते १९:०१


भायानेट कम्युनिकेसनले कर्पोरेट सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत सुनसरी जिल्लाको इनरुवा स्थित श्री देवकोटा आधारभूत विद्यालयमा विद्यार्थीहरूका लागि शैक्षिक सामग्री तथा जाडो महिनाको तयारीका लागि न्यानो कपडा वितरण गरेको छ।

Advertisement

यस सहयोग कार्यक्रम अन्तर्गत विद्यालयका विद्यार्थीहरूलाई कपी, पेन्सिल, शार्पनर, इरेजर, ज्योमेट्री बक्स तथा न्यानो हुडी वितरण गरिएको छ। विद्यालयका प्रधानाध्यापकले Vianet को यस सहयोगले विद्यार्थीहरूको पठनपाठनमा थप टेवा पुर्‍याउने र उनीहरूको जाडो मौसममा स्वास्थ्य सुरक्षामा योगदान दिने विश्वास व्यक्त गरे।

Vianet Communications ले आफ्नो CSR कार्यक्रमअन्तर्गत देशभरका विभिन्न विद्यालय तथा संस्थाहरूसँग सहकार्य गर्दै सामाजिक सेवाका कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। शिक्षाको पहुँचलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ, संस्थाले स्थानीय समुदायलाई सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री