शुक्रबार, २१ वैशाख २०८१

यस्तो रह्यो यो साताको शेयर बजार

समयपोष्ट २०८० फागुन १२ गते ७:५५

Advertisement

यो साता नेप्से परिसूचक करिब ३ प्रतिशत घटेर बन्द भएको छ। गत साता २०६२.०३ विन्दुमा बन्द भएको नेप्से, यस साता २.७३ प्रतिशत अर्थात ५६.२० अंक घटेर २००५.८३ विन्दुमा झरेको छ। साताको ४ कारोबार दिनका लागि मात्र बजार खुलेको थियो। जसमध्ये सबै कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको थियो।

यो साता सेन्सेटिभ इण्डेक्स ८.९९ अंक घटेको छ भने फ्लोट इण्डेक्स ४.०४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.०८ अंक घटेको छ। नेप्सेसँगै यस साता दैनिक औषत कारोबार रकम पनि घटेको छ। गत साता दैनिक औषतमा ४ अर्ब ९ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस साता ३ अर्ब ८ करोडको शेयर कारोबार भएको छ। गत साताको दैनिक औषत कारोबारको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम २४.६३ प्रतिशत अर्थात १ अर्ब कम हो। त्यसैगरी, यस साता दैनिक औषत शेयर संख्या २०.५७ प्रतिशत घटेको छ भने दैनिक औषत कारोबार संख्या २.५१ प्रतिशत घटेको छ।

यो साता नेप्सेको कुल बजार पूँजीकरण पनि करिब ३ प्रतिशत घटेको छ। गत साताको अन्तिम कारोबार दिन ३२ खर्ब ४१ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता ८८ अर्ब घटेर ३१ खर्ब ५३ अर्ब रुपैयाँमा सीमित भएको छ।

१३ उपसमूहमध्ये यस साता १ उपसमूहको परिसूचक बढेको छ भने अरु १२ उपसमूहको परिसूचक घटेको छ। यस साता उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक ४.०६ प्रतिशत बढेको छ। गत साता ५७४४.१५ विन्दुमा बन्द भएको नेप्से, यस साता २३२.९९ अंक बढेर ५९७७.१४ विन्दुमा पुगेको छ।

Advertisement

यो साता जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक ५.१८ प्रतिशत घटेको छ। अंकका आधारमा भने यस साता निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ३९६.२८ अंक घटेको छ। नेप्सेमा २ कम्पनीको १ करोड १९ लाख ६४ हजार २५१.३७ कित्ता नेप्सेमा सूचीकृत भएको छ। यस साता मितेरी डेभलपमेन्ट बैंकको बोनस शेयर र घलेम्दी हाइड्रोको हकप्रद शेयर नेप्सेमा सूचीकृत भएको हो।

प्रतिक्रिया

सम्बन्धित सामाग्री