
नेपाली कांग्रेसको महासमिति बैठक सोमबारबाट गोदावरीस्थित सनराइज सदनमा सुरु भयो । ७ देखि १० फागुनसम्म चल्ने महासमिति बैठकमा चारवटा प्रतिवेदन पेस गर्ने कार्यसूची छ । पाँचवटा प्रस्ताव महासमिति बैठकमा पेस हुने भनिए पनि मंगलबार चारवटा पेस हुने तय भएको छ ।
महासमिति बैठकका लागि उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री गगनकुमार थापाले सांगठनिक, अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसायिक र अर्थमन्त्रीसमेत रहेका डा. प्रकाशशरण महतले अर्थतन्त्रको वर्तमान अवस्था र चुनौती’bout प्रतिवेदन पेस गर्ने जिम्मेवारी पाएका थिए ।
सो कार्यसूचीनुसार महामन्त्री गगनकुमार थापाले राख्न लागेको सांगठनिक प्रतिवेदन महत्वपूर्ण रहेको छ । महामन्त्री थापाकै सांगठनिक प्रतिवेदनको विषयलाई लिएर सभापति शेरबहादुर देउवाले असहमति जनाएका छन् ।
यही ३ र ४ फागुनमा बसेको केन्द्रीय समिति बैठकले अनुमोदन गरिसकेको महामन्त्री थापाको प्रतिवेदनमा सभापति देउवाले उद्घाटन सत्रमै असन्तुष्टि जनाए । ‘चुनावी गठबन्धन गर्न नहुने’ भन्दै सांगठनिक प्रस्ताव लेखेका महामन्त्री थापा आफ्नो प्रतिवेदन सदर वा बदरको निर्णय महासमितिले नै गर्नुपर्ने अडानमा थिए । थापाले प्रस्ताव गरेको चुनावी गठबन्धन गर्न नहुने विषय सभापति देउवालाई टाउको दुखाइ भएको हो ।
देउवाले अहिलेको अवस्थामा चुनावी गठबन्धनलाई थाती राखेर अगाडि बढ्नुपर्छ भन्नुमा वर्तमान सत्ता साझेदारीको विषय मुख्य कारक हो । देउवा यसै महासमिति बैठकबाट चुनावी गठबन्धनको पक्ष वा विपक्षमा कुनै निर्णय गराउन चाहिरहेका छैनन् । देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच आलोपालो प्रधानमन्त्री हुने सहमति छ ।
अहिले यो विषय महासमितिबाट पारित गरेर गएमा सत्ता गठबन्धनमा उथलपुथल आउने र प्रधानमन्त्री हुने प्रक्रिया रोकिनसक्ने चिन्ता देउवालाई छ । अहिलेको महासमिति बैठकबाट सो विषय अघि नबढोस् भन्ने देउवाको चाहना हो । त्यसैले, सोमबार ललितपुरमा महासमिति बैठकलाई सम्बोधन गर्दै सभापति देउवाले वर्तमान गठबन्धन र आगामी गठबन्धन’bout आगामी निर्वाचनमा गठबन्धन गर्ने कि नगर्ने भन्ने विषयमा अहिले नै निर्णय लिइहाल्न उपयुक्त नभएको बताएका हुन् ।
पार्टीभित्र आगामी गठबन्धन’अहिले नै निक्र्याेल गर्नुपर्ने मत आइरहेका बेला सभापति देउवाले जतिबेला गठबन्धनको आवश्यकता पर्छ, त्यतिबेला नै छलफल गरेर उचित निर्णय लिनुपर्ने बताएका हुन् ।
कांग्रेस पार्टीभित्र देउवापक्षका नेता पनि चुनावी गठबन्धनको विषयमा छलफल हुनुपर्ने पक्षमा छन् । तर, देउवा अहिलको सत्ता गठबन्धन भइरहेका बेला सो विषय उठाउँदा सत्ता साझेदार दल भड्कनसक्ने भयका कारण यस विषयलाई हाल स्थगित गराएर महासमिति बैठक अघि बढाउन चाहन्छन् । सभापति देउवा संविधान संशोधनदेखि अन्य धेरै विषयमा महासमिति बैठकमा छलफल गर्न तयार छन् । तर, अहिलेको महासमितिको बैठकबाट चुनावी गठबन्धनको विषयमा निर्णय लिँदा सहमतिका आधारमा आलोपालो आफ्नो नेतृत्वमा प्रधानमन्त्री हुने सम्भावना टर्ने त होइन भन्ने विषयले घर गरेको बुझ्न सकिन्छ ।आजको राजधानी दैनिकमा यो समाचार छ ।










प्रतिक्रिया