
भारत भ्रमणमा रहेको नेपाली सांसदहरूको प्रतिनिधिमण्डल र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथबिच भेटवार्ता भएको छ ।
भारत भ्रमणमा रहेको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति राजकिशोर यादव नेतृत्वको सो प्रतिनिधिमण्डलले मंगलबार मुख्यमन्त्री आदित्यनाथसंग भेटवार्ता भएको हो। मुख्यमन्त्री आदित्यनाथले सामाजिक सञ्जालमार्फत सो बारे जानकारी दिएका छन् ।
आज लखनऊ स्थित सरकारी आवास पर भगवान पशुपतिनाथ की पावन धरा, पड़ोसी राष्ट्र नेपाल से आए वहां के माननीय सांसद गण के शिष्टमंडल से शिष्टाचार भेंट हुई। pic.twitter.com/srX3InDprU
— Yogi Adityanath (@myogiadityanath) February 6, 2024
आजै संसदीय समितिका अध्यक्ष नेतृत्वको ११ सदस्यीय प्रतिनिधिमण्डलले सोही प्रदेशकी राज्यपाल आनन्दीबेन पटेलसंग शिष्टाचार भेटवार्ता गरेको थियो ।










प्रतिक्रिया