सोमबार, २४ वैशाख २०८१

प्रभु महालक्ष्मी लाइफको मिड टर्म विजनेस समिट सम्पन्न

समयपोष्ट २०८० माघ २१ गते २१:२४

Advertisement

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले नारायणगढ, चितवनमा ‘मिड टर्म विजनेस समिट २०८०’ कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ । कम्पनीका शाखा / उपशाखा प्रमुखहरु, क्षेत्रीय / उप क्षेत्रीय प्रमुखहरु, विभागीय प्रमुखहरु, उच्चव्यवस्थापकहरुको उपस्थितिमा माघ १९ गते देखि २१ गते सम्म ३ दिने विजनेस समिट कार्यक्रम सम्पन्न गरेको हो ।

‘मिड टर्म विजनेस समिट २०८०’को उद्घाटन कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले गर्नुभएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै निमित्त प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले यस किसिमका विजनेस समिट
कार्यक्रमले कम्पनीमा रहेका कर्मचारीहरुको कार्यक्षमता अभिबृद्धि, व्यक्तित्व एवं व्यवसायीक सफलतामा सहयोग पुग्ने
विश्वास व्यक्त गर्नुभयो । निमित्त प्रमुख कार्यकारी अधिकृत प्रसाईले थप्नुभयो, दुईवटा कम्पनीको मर्जर
पश्चात बनेको प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले आगामी दिनमा कर्मचारी, बीमित, तथा सरोकारवालाहरुमा थप उर्जा, जोस,
उत्साह प्रदान गर्ने छ ।
उहाँले थप्नुभयो, एकताले नै समृद्धि हासिल हुन्छ । हाम्रो एकताले समृद्धिको सन्देश दिने छ । हाम्रो लक्ष्य प्राप्ती एवं
सफलता हासिल टिम वर्कले नै सम्भव छ, त्यसैले हामी टिम वर्कमा काम गरौं निमित्त प्रमुख कार्यकारी अधिकृत प्रसाईले थप्नुभयो ।
कार्यक्रममा कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत किशोर प्रसाद लामिछानेज्यूले अन्डरराइटिङ्गका बारेमा तालिम
दिँदै सो सम्बन्धमा आएका जिज्ञासा माथि समेत प्रष्ट पार्नु भयो ।
प्रभु महालक्ष्मी लाइफका नायव महाप्रबन्धक सोन बहादुर मगरले सम्बोधन गर्दै जीवन बीमा व्यवसाय र व्यवसाय
बृद्धिका सुत्रहरुका बारेमा प्रष्ट पार्नुभयो । नेपाल बीमा प्राधिकरणबाट प्राप्त निर्देशिका अनुसार कम्पनीले भर्खरै ल्याएको
जीवन किरण सावधिक बीमा योजना (बालबालिका) बारेमा कम्पनीका प्रोडक्ट एण्ड रिसर्च डेभलपमेन्ट विभाग प्रमुख प्रयास
श्रेष्ठको विस्तृत प्रस्तुती रहेको थियो ।
कम्पनीका सहायक महाप्रबन्धक नमश सिंह देउजाले स्वागत मन्तब्य दिनुभएको थियो भने सहायक महाप्रबन्धक
टीकादत्त प्याकुरेलले कार्यक्रममा धन्यवाद मन्तब्य व्यक्त गर्दै उल्लासपूणर् रुपमा कार्यक्रम सम्पन्न भयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री