“गुणस्तरहीन खाद्यवस्तुको आपूर्ति नियन्त्रण गर्न प्रयोगशालासहितका ‘मोबाइल भ्यान’ सञ्चालन गर्छौ”


कृषि तथा पशुपन्छी विकासमन्त्री डा बेदुराम भुसालले गुणस्तरहीन खाद्यवस्तुको आपूर्ति नियन्त्रण गर्न ‘मोबाइल ल्याब भ्यान’ तत्काल सञ्चालन गरिने बताउनुभएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागद्वारा आज यहाँ आयोजित कार्यक्रममा मन्त्री भुसालले बजारमा मानव स्वास्थ्यमा असर पार्ने गुणस्तरहीन खाद्यवस्तुको बिगबिगी बढेकाले त्यसलाई रोक्न तथा वस्तुको गुणस्तर परीक्षणका लागि प्रयोगशालासहितका भ्यान सञ्चालन गरिने बताउनुभयो ।

Advertisement

राम्रो काम गर्दा आउने चुनौतीको सामना गर्न तयार हुनुपर्ने बताउँदै उहाँले भन्नुभयो,“यो भ्यान कुनै पनि हालतमा सञ्चालन गर्नुपर्नेछ । ”

मन्त्री भुसालले जनतासँग खाद्यको विषय जोडिएको भन्दै विभागले काममा सक्रियता देखाउनुपर्नेमा जोड दिनुभयो । उहाँले विभागलाई प्रगति विवरण अर्धवार्षिक रुपमा नभएर मासिक रुपमा सार्वजनिक गर्न निर्देशन दिँदै भन्नुभयो, “विभागभित्र प्रगति पेस गरेर जनताले सुन्दैनन्, अब मासिक रुपमा कामको विवरण सार्वजनिक गर्नुस्, आफूले गरेको काम जनताको बीचमा लैजानुस् । यसले समग्र विभाग, मन्त्रालय र सरकारको प्रगति देखिन्छ ।”

सरकारले रु २४ करोड खर्चेर खरिद गरेका प्रयोगशालासहितका केही मोबाइल भ्यान प्रयोगविहीन छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री