आइतबार, ६ जेठ २०८१

पोखरेल एसियाकै पहिलो सीइओको रुपमा विदेशी बैंकमा नियुक्त

समयपोष्ट २०७९ फागुन १२ गते १४:०९

Advertisement

सिभिल बैंकका तत्कालिन प्रमुख कार्यकारी अधिकृत सुनिल पोखरेल पपुवा न्युगिनीमा पहिलो कमर्सियल बैंकको रुपमा सञ्चालनमा आउन लागेको बैंकको सिइओमा नियुक्त भएका छन् ।

स्वेच्छिक अवकास लिएर सिभिलबाट बिदा भएका पोखरेल ‘टिसा कमर्सियल बैंक’ को सिइओमा नियुक्त भएका हुन्।

पोखरेललाई एसियाकै पहिलो सीइओको रुपमा पपुवा न्युगिनीको उक्त बैंकमा जिम्मेवारी सम्हाल्ने अवसर मिलेको हो।

पपुवा न्युगिनीमामा हालसम्म विदेशी बैंक मात्र सञ्चालनमा रहेका छन्। टिसा कमर्सियल बैंक पपुवा न्युगिनीको स्थानीयस्तरको पहिलो कमर्सियल बैंक हो।

Advertisement

पोखरेलले नेपालको स्ट्याण्डर्ड चार्टड बैंकबाट आफ्नो बैंकिङ करियर सुरु गरेका थिए ।

पोखरेल नबिल, एनआइसी एसिया हुँदै सिभिल बैकमा डेपुटी सीइओ हुँदै प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा आएका थिए ।

प्रमुख कार्यकारीको हैसियतले हिमालयन बैंकसँग सफलतापूर्वक मर्ज गराएर बिदा भएका पोखरेलसँग आफ्नो ३१ वर्षको बैंकिङ करियरमा नेपालमा २२ वर्ष र अफगानिस्तान, म्यानम्यारलगायतका देशमा ९ वर्ष काम गरेको अनुभव छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री